काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आज बुधबाररातो आलु ३४ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँप्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो ।
यसैगरी सुन्तला १२० रूपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर १८०, अम्बा १००, आभोकाडो ३००, किवि २५० प्रतिकेजी र केरा १२० रुपैयाँ दर्जन रहेको छ ।
यस्तै कन्य च्याउ प्रतिकेजी ११०रुपैयाँ रहेको छ भने डल्ले च्याउ३०० रुपैयाँ रहेको छ ।
यता, ब्रोकाउली ७० रुपैयाँ, काउली स्थानिय ज्यापु ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ५०, तोरी साग ४०रुपैयाँ,रातो मुला ७० रुपैयाँ रहेको छ ।
यस्तैगरी, तामा ९० रुपैयाँ,लोकल गाजर ४० रुपैयाँ, खु्र्सानी सुकेको ४४० रुपैया, हरियो खुर्सानी ६० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ७० रुपैयाँ प्रतिकेजीमा पाइन्छ ।
यसैगरी, राजमा घिउ सिमी ८०, तिते करेला १२० रुपैयाँ, प्याज हरियो ८० रुपैयाँ, सुकेको प्याज ४२, भिण्डी १०० रूपैयाँ, लौका ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन८० रुपैयाँ, हरियो धनिया र कागती १२० रुपैयाँ प्रतिकेजी रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच