अभिनेत्री शुभेच्छाको प्रेमी आश्वासनसँग ‘इन्गेजमेन्ट’

Read Time = 1 min

काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्काले खुसी व्यक्त गर्दै आफ्नो इन्गेजमेन्टका तस्बिरहरू सार्वजनिक गर्नुभएको छ । शुभेच्छाले काठमाडौंको एक होटलमा बिहीबार प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गर्नुभएको हो ।

प्रेमी आश्वासनलाई आफ्नो जिन्दगीको सबैभन्दा महत्वपूर्ण व्यक्ति बताउँदै उहाँले सामाजिक सञ्जालमा केही फोटोहरू सार्वजनिक गर्नुभएको हो ।

गत महिना आश्वासनले चितवनको एक जमघटमा शुभेच्छालाई विवाहको प्रस्ताव राख्दै रिङ लगाइदिनुभएको थियो । करिब दुई वर्ष लामो प्रेम सम्बन्धपछि आश्वासन र शुभेच्छाले सीमित परिवार, आफन्त र केही सेलिबे्रटीहरूको उपस्थितिमा इन्गेजमेन्ट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?