विसं २०४३ भदौ १ गते इलाममा जन्मेका प्रेमप्रसाद आचार्यले यही माघ १० गते मङ्गलबारका दिन आफूूलाई यो संसारबाट बिदा गरे । मैले बुुझे र जानेअनुसार यो नेपालकै इतिहासमा पहिलो घटना जस्तो लाग्छ आत्मदाहको । राजनीतिक परिवर्तनका लागि त्यस किसिमका कुरा नभएका होइनन् तर व्यक्तिगत समस्याले पिरोलिएर देखिएको पहिलो घटना होला ? जीवन ईश्वरीय देन हो । ईश्वरले दिएको जीवन सङ्घर्षपूूर्ण हुुन्छ । सङ्घर्षसित डराएर वा लुुकेर जीवन जिउन सारै कठिन छ आजको समाजमा ।
समाजका विविधता र समाजका सामाजिक मान्यता तथा व्यक्तिगत चाहनाले मानिसलाई कहिले पनि सुुमार्ग दिन सक्दैन । जीवनका हरेक मार्ग सरल र सिधा छन् भन्ने मान्यता हो भने त्यो कुरा सत्य सावित पनि हुँदैन । तर एउटा ३६ वर्षीय युुवाले रोजेको बाटो पक्कै पनि गलत हो नेपाली समाज र नेपालको इतिहासमा ।
नेपालीले जिउने जीवनका हरेक मूल्य र मान्यता सरल, सहज र व्यवस्थित हुन सकेका छैनन् । नेपाल विकासोन्मुुख मुलुुक हो । यो मुलुुक विदेशमा रहेका नेपालीले पठाएको पैसाले चलिरहेको छ भन्दा पनि अत्युुक्ति नहोला । स्वदेशमा केही गर्छुु र जीवनका हरेक पललाई व्यवस्थित बनाएर सुुखी जीवन बाँच्छुु भन्ने मान्यता साँच्चिकै कठिन छ नेपालका सन्दर्भमा । त्यही कठिन परिस्थितिमा एउटा युुवाले समाप्त पारेको छ राजधानीको मुुख्य सडकमा आफूूलाई जलाएर । नेपालको सन्दर्भमा यस्ता घटना बिरलै पाइन्छन् ।
चित्तरोगी मानिस विभिन्न प्रकारका सपना देख्छ । आफूलाई अरूसित दाँजेर हेर्छ । अर्कासितको तुलना गर्दाका अवस्थामा उसले आफ्नो अस्तित्व कतै देख्दैन । स्वत्वको खोज उसको आधार बनेर आएको हुुन्छ । स्वत्वको खोजमा अल्मिलिएको ऊ नजानिँदो किसिमले चित्तरोगी हुुन्छ ।
नेपालीहरूले आत्महत्याको बाटो नरोजेका होइनन् । आत्महत्याका घटनाहरू हामीले दिनदिनै सुुन्ने र पढ्ने गरेका छौँ । प्रेम आचार्यको यो डरलाग्दो मृत्युु के को सङ्केत हो ? प्रश्न उब्जिएको छ । यो प्रश्नको उत्तर कतै, कहीँ र कसैसित छैन । उनको सामाजिक सञ्जालमा प्रवाह गरेको लेखाइले पनि यसको उत्तर दिन सकेको छैन । राजनीतिमा र राजनीतिका गल्लीहरूमा यो प्रश्नको उत्तर खोज्नुुुपर्ने हो वा होइन ? राजनीतिका पण्डितहरू जानून् । घटनावृत्त जे जस्तो भए पनि साँच्ची कहाली लाग्दो बनेको छ वर्तमान ।
के भन्छ मनोविज्ञान ?
मनोविज्ञानले मानिसलाई सामाजिक प्राणी मानेको छ । समाजका हरेक क्रियामा उसको सहभागिताको कल्पना पनि गरेको छ तर मनोविज्ञान मानसिक विकृत भएर उत्तेजनामा आई मृत्युुवरण गर्ने अवस्थालाई अपराध मान्छ । फ्रायड मनोविज्ञानमा चित्तरोग र चित्तविक्षोभको कुुरा गर्दछन् । चित्तमा दमित भएर बसेका वासनात्मक वा यो संसारमा आफूू बाँच्नलाई गरेको सङ्घर्षमा चित्तरोगले जीवनलाई सही मार्ग देखाउँदैन ।
मानसिक छट्पटीमा चित्तरोगीले सडकलाई नै भयानक अवस्थाको देख्छ । सडक उसका लागि मानिसको आवाजाही गर्ने साधनका रूपमा रहेको हुँदैन । चित्तरोगीको सम्बन्ध जीवनको वास्तविकतासित हुने गर्दछ । वास्तविक स्वरूपलाई एउटा चित्तरोगीले भिन्न रूपमा देखेको हुन्छ । चित्तरोग मानसिक अवस्था हो मानिसका लागि ।
चित्तरोगी मानिस विभिन्न प्रकारका सपना देख्छ । आफूलाई अरूसित दाँजेर हेर्छ । अर्कासितको तुलना गर्दाका अवस्थामा उसले आफ्नो अस्तित्व कतै देख्दैन । स्वत्वको खोज उसको आधार बनेर आएको हुुन्छ । स्वत्वको खोजमा अल्मिलिएको ऊ नजानिँदो किसिमले चित्तरोगी हुुन्छ । फ्रायड चित्तरोगलाई मात्र यौनजन्य मान्यताबाट हेर्दैनन् । कर्ममा देखापरेका असफलतालाई मानसिक अवस्थामा हेर्छ चित्तरोगीले र कल्पनाको सागरमा समर्पित हुुन्छ । कल्पनाको सागरमा डुुबेर उत्रन नसक्दा ऊ विक्षोभमा पुुग्छ र आफूलाई समाप्त पार्ने बाटो रोज्न थाल्छ ।
चित्तरोगले सताएको मान्छेका अहंले समापनको बाटो पाउँदैन र ऊ सन्तुुष्ट हुुँदैन । उसका सपनाको संसार ठुला र डरलाग्दा किसिमका हुुन्छन् । ती डरलाग्दा समस्याले जकडिएको मानिसमा चित्तको विक्षोभ हुुन्छ । उसले संसारलाई फजुुल र आफूलाई हीन ठान्छ । त्यही हीनता विक्षोभ हो । मृत्युुवरण पनि हो । चित्तरोगीको अहं समाप्त हुुँदैन । उसले आफूलाई प्रत्येक क्षेत्रमा निषिद्ध मानेको हुुन्छ ।
त्यो निषिद्धपन नै चित्तको विक्षोभ हो । यही कारण उसले अर्को बाटो रोज्छ । त्यो बाटो पागलपन वा मृत्युु हो । यसलाई मनोविज्ञानले अपराधिक वृत्ति मानेको छ । यही आपराधिक वृृत्ति नै उसको जीवनबाट मृत्युु ग्रहणको आधार मानिएको छ । यही अवस्थालाई मनोविज्ञानले चित्तको विक्षोभ मानेको छ । चित्तविक्षोभ जीवनको समाप्ति हो ।
प्रेम आचार्यको जीवन सङ्घर्षले भरिएको देखिन्छ । उनले सामाजिक सञ्जालमा प्रवाह गरेको जीवनरेखालाई पढ्ने कुुनै पनि मानिसले सङ्घर्षशील व्यक्तिको अवसान मान्न सक्छ । तर मनोविज्ञानलाई हेर्ने हो भने उनको मानसिक छट्पटी नै मृत्युको कारण बनेर देखिएको छ । जीवनलाई सुखी र खुुसी बनाउने उनको प्रयासले सबैतिर बाटो खोजेको छ । व्यवसायदेखि विदशीभूूमिको यात्रा गराएको छ । विदेशीभूमिको यात्राले उनको जीवनमा केही सुुधारको सङ्केत देखिए पनि पुनः उनमा देखिएको चित्तरोगले चित्तविक्षोभको अवस्थामा पुु¥याएको छ ।
त्यसैले उनको मृत्युुको संवेदना नेपाली युुवाले जलेर जीवन समाप्त पार्नुभन्दा पनि चित्तको विक्षोभ हो भन्ने सङ्केत मनोविज्ञानको पाटोबाट देखिएको छ । मनोविज्ञानले यो मृत्युुलाई चित्तको विक्षोभ मान्दछ । उनले यो बाटो किन रोजे भन्ने प्रश्न नै आजको समाज र युुवाले पचाउन नसकेको आधारबिम्ब हो ।
अध्यात्म :
जीवन ईश्वरीय देन हो । यसको आरम्भ र समापन ईश्वरको हातमा रहेको स्वीकार गर्दछ अध्यात्म । गीता जातस्य हि ध्रुवोमृत्युु ध्रुुवं जन्म मृतस्य च जन्मपछि मृत्युु र मृत्युुपछि जन्म अनिवार्य मान्दछ तर जीवनलाई अनाहकमा समाप्त पार्ने सल्लाह अध्यात्मले कहिले पनि दिँदैन । जीवनका हरेकपल कर्ममा लगाऊ । कर्म गर फलको आशा नगर भन्छ । संसारबाट वा सांसारिक विषयप्रति वितृष्णा जागेको मान्छे ईश्वरीय उपासनाका माध्यमबाट आफूलाई घर, परिवार, आफन्त र समाजबाट भिन्न राख्छ । आफूलाई ईश्वरमा समर्पित गर्दछ । उसले परिवारका सदस्य वा परिवारका सबैजना उपासनामा बाधा मान्दछ । उक्त व्यवधानबाट मुुक्ति उसले तीर्थस्थलको वास, सन्यास लिनुुलाई स्वीकार गरेको हुुन्छ ।
जीवनका हरेक सङ्घर्षबाट भाग्ने तथा जीवनका हरेक क्षेत्रमा आफूलाई असफल मान्ने मानिस जीवनबाट दिक्क भएर आत्महत्याको बाटोमा अग्रसरित भएको हुुन्छ । सायद आचार्यको जीवनमार्गको रोजाइ पनि त्यही हो कि ? भन्ने आधार यहाँ देखिएको छ । जीवन समाप्त पार्ने मानिस आफ्ना परिवारप्रति आशावादी हुुँदैन । ऊ आफूू नरहेपछि परिवार रहोस् नरहोस् त्यो कुराको हेक्कामा रहँदैन । आचार्यले त्यसो गरेनन् । उनले त परिवारको चिन्ता गरे । परिवारका मेरा सदस्य सदा सुुखी रहूून् भन्ने कल्पनामा समर्पित रहे । जीवनमा मैले केही गर्न सकिनँ । उनले म सबै क्षेत्रमा हरेस खाएको मान्छे हुँ भने तर मेरो परिवारले पनि त्यो अवस्था भोग्नु नपरोस् भन्ने कामना उनले गरे ।
उनलाई मृत्युुको समयमा पनि परिवारले र परिवारको अवस्थाले पिरोलिरहृयो । आज उनको परिवारका लागि सहयोगी हातहरू सक्रिय भएर आएका छन् । उनले नेपालको प्रायः ठूला व्यापारिक घराना र व्यापारिक प्रतिष्ठानबाट आफू र आफ्नो व्यवसाय कमजोर बनाउने काम भएको आरोप लगाएका छन् । उनको आरोपमा सत्य छ वा छैन त्यो उनै जानून् तर एउटा युुवकले जीवनको अमूल्य निधिलाई त्यसरी समाप्त पार्नु पक्कै पनि देश र देशवासीका लागि शुुभसङ्केत होइन । व्यापार, व्यवसाय र जीवनमा आफूले चाहेको कामलाई फत्ते गर्न नसकेर धेरैले आत्महत्याको बाटो रोजेका छन् । आचार्यको रोजाइ र उनले लेखेको सामाजिक सञ्जालको लिखतले समाज र मानवतालाई कमजोर बनाएको छ । त्यो सोचनीय प्रश्न हो ।
युुवालाई सन्देश :
छिः यो बेला नबस घरमा निस्क आलस्य फाली
हे तन्नेरी ! उठन पृथिवी तीन बित्ता उचाली ।।
यी कविवर माधवप्रसाद घिमिरेको नवयुुवक कविताका हरफ हुुन् । यहाँ जीवनलाई र जीवनका सबै कुरालाई सहन सक्ने क्षमता युुवकमा हुुन्छ । युवकमा रहेको जोश र जाँगरले पृथ्वीलाई तीन बित्ता उचाल्छ भन्ने कुरालाई सङ्केतका रूपमा बाहिर ल्याएका छन् । आज समाजको नवयुुवक इतिहासलाई बिर्सन खोज्छ, जीवनमा सबै कुरा एकैचोटि प्राप्त गर्न चाहन्छ । जीवनका हरेक समस्यालाई तत्काल समाधान गर्न चाहन्छ ।
आजको युुवालाई प्रेम आचार्यको आत्मदाह सन्देश बनेको छ । सपना देख तर आफू र आफ्नो बुताले भ्याउने सपना देख । आफूले फत्ते गर्न नसक्ने सपना देखेर जीवनलाई बर्बाद नगर । जति छ त्यसैमा सन्तोष लिन सिक ।
आइपरेका समस्यासित जुध्न नसकेर भाग्न चाहन्छ । समस्या जीवनको त्यो पोको हो जसलाई फुकाउन आजको पुस्ता कमजोर सावित भएको छ । सङ्घर्ष जीवन हो । जीवनलाई सङ्घर्षको पर्याय मान्ने अवस्था आजको युुवकमा देखापरेको छैन । समाजका र समाजमा विद्यमान रहेका समस्यासित जुध्न नसकेर आत्महत्याको बाटो रोज्नुु पक्कै पनि आजको युुवाका लागि सही मार्ग होइन ।
आजको युुवालाई प्रेम आचार्यको आत्मदाह सन्देश बनेको छ । सपना देख तर आफू र आफ्नो बुताले भ्याउने सपना देख । आफूले फत्ते गर्न नसक्ने सपना देखेर जीवनलाई बर्बाद नगर । जति छ त्यसैमा सन्तोष लिन सिक । अरूको हेरेर आफूलाई पनि त्यही रूपमा लैजान्छुु भन्ने प्रयासमा कहिले पनि नलाग । देशको राजनीति जेजस्तो छ त्यो हामी सबैले बनाउने हो । राजनीति गर्ने व्यक्तिलाई सचेत बनाउन सावधिक निर्वाचन प्रणाली छ । त्यो प्रणालीमा सहभागी बनेर आफूले चाहेको र देशको भलो गर्ने व्यक्तिलाई चुुन ।
त्यो अधिकार हाम्रो संवैधानिक र नैसर्गिक अधिकार हो । सचेत बन आजका युुवा हो ! देशका लागि केही गर्न सक्छौ गर ! नसके आफू र आफ्नो जीवन जिउने आधार खोज । जीवन समाप्त नगर । जीवन मूल्यहीन होइन । यो जीवनको मूूल्य अनमोल छ । त्यो अनमोल जीवनलाई मूल्यहीन नबनाऊ । जीवनमा सक्छौ भने अरूको भलाइ गर । सक्दैनौ आफूलाई र आफ्नो पारिवारिक वातावरणलाई सुुरक्षित गर । प्रेम आचार्य जस्तो तरिकाले जीवनलाई समाप्त गर्ने प्रयास नगर । अन्त्यमा प्रेमप्रसाद आचार्यप्रति हार्दिक समवेदना !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच