अनुभूति : सम्पादक बन्दा केरकार

हिमालय टाइम्स
Read Time = 14 mins

✍️ भोजराज न्यौपाने

त्यतिबेला म पुस्तकहरू खुब पढ्थेँ । एसएलसी दिएलगत्तै जिल्ला सडक कार्यालयअन्तर्गत चरिकोट-दोलखा सडकखण्डमा ‘सडक सुपरभाइजर’ को रूपमा काम गर्न थालेको थिएँ । मेरो उमेर १५ वर्ष पनि पुगेको थिएन । यो २०४५ सालको कुरा हो । दिनभरि फिल्डमा जान्थेँ । फिल्डमा मेरो काम हुन्थ्यो एउटा कुनामा बसेर पुस्तक पढ्नु । चरिकोटमा त्यतिबेला पाठ्यपुस्तक बाहेकका अरू पुस्तक बेच्ने पसल थिएनन् । लालीगुराँस युवा क्लबको एउटा सानो पुस्तकालय थियो । त्यहाँ केही पुस्तकहरू थिए । लैजाने, पढ्ने, फिर्ता गर्ने गर्न थालेँ । त्यतिबेला काठमाडौंबाट जाने कोही भए पत्रपत्रिका मगाउने गर्थें । त्यहीँ पढ्थेँ ।
सघन पहाडी क्षेत्र विकास आयोजनाबाट टुकी पत्रिका प्रकाशन हुन्थ्यो । त्यो पत्रिकाको म नियमित पाठक थिएँ । त्यसै बेला ‘सोभियत भूमि’ नाउँको चिल्लो पत्रिका मेरो घरमा आइपुग्थ्यो । त्यो पत्रिकामा तत्कालीन सोभियत संघको विकासका रहरलाग्दा तस्वीर हुन्थे । राजनीतिक लेखहरूमा भन्दा म तस्वीर र गैरराजनीतिक आलेखहरू पढ्न मन पराउथेँ । एक दिन पत्रिका पढ्दापढ्दै त्यस्तै टाइपको साहित्यिक पत्रिका निकाल्न पाए हुन्थ्यो भन्ने लाग्यो तर कसरी ? न राम्रो लेखन, सम्पादनको शिल्प ? न त पत्रिका छाप्ने पैसा नै ? मनमनै सम्पादक बन्ने हुटहुटी भने मज्जाले चल्यो । भनौँ, मेरो मनले सम्पादक बन्ने सपना बुन्यो ।

२०४६ सालको असार महिना थियो । एसएलसीको रिजल्ट भयो । चरिकोटकै गौरीशंकर क्याम्पस भर्ना भएँ । क्याम्पस पढ्न थालेपछि सडक विभागको काम पनि छाडेको थिएँ । त्यसैबेला जनआन्दोलन देशव्यापी भयो । हामी सबै कुनै न कुनै माध्यामबाट जनआन्दोलनको रापमा थियौँ । क्याम्पसमा पढाउन आउनुभएको थियो रामजीवन सिंह । त्यति बेलै मेरो हात सुन्निने गथ्र्यो । धेरै औषधिमुलो गर्दा पनि निको भएको थिएन । कसैले सुझायो रामजीवन सरलाई भेट्नु उहाँको औषधिले काम गर्छ । त्यतिबेला उहाँ होमियोप्याथीबाट उपचार गर्नुहुन्थ्यो । म उहाँको क्लिनिकमा गएँ । जाँदाजाँदै उहाँसँग समसामयिक राजनीतिका धेरै कुरा सिक्ने मौका पाएँ ।

प्रत्येक १५ दिनमा निकाल्ने योजनाका साथ सुरु गरिएको ‘प्रतिभा’ म क्याम्पसको दोस्रो वर्ष सकेर निस्केसँगै बन्द हुन पुग्यो । १६ पेजको हस्तलिखित पत्रिकालाई हामीले क्याम्पसकै सूचनापाटीमा टाँस्ने गरेका थियौँ । कसले के लेख्यो भनेर निकै चासो हुन्थ्यो त्यति बेला क्याम्पसमा ।

उहाँ बीपी कोइराला र उहाँको राजनीतिक जीवनसँग सम्बन्धित पुस्तकहरू पढ्न दिनुहुन्थ्यो । पछि क्याम्पसबाटै बीपीका साहित्यिक पुस्तक पनि पढ्ने मौका पाएँ । म बीपीको विचार पढेरै क्याम्पस पढ्दा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय बन्न थालेँ । जनआन्दोलनपछिको खुला अवसरको उपयोग गर्दै २०४७ सालमा क्याम्पसमा ‘प्रतिभा’ नाउँको भित्ते पत्रिका प्रकाशन गर्न थाल्यौँ । त्यतिबेला पत्रिकाको सम्पादकका रूपमा म, देवी (देवेन्द्र) पोखरेल, राजेन्द्र मानन्धर संलग्न भयौँ ।
प्रत्येक १५ दिनमा निकाल्ने योजनाका साथ सुरु गरिएको ‘प्रतिभा’ म क्याम्पसको दोस्रो वर्ष सकेर निस्केसँगै बन्द हुन पुग्यो । १६ पेजको हस्तलिखित पत्रिकालाई हामीले क्याम्पसकै सूचनापाटीमा टाँस्ने गरेका थियौँ । कसले के लेख्यो भनेर निकै चासो हुन्थ्यो त्यतिबेला क्याम्पसमा । राजनीतिक संगठनका हिसाबले देवी, राजेन्द्र र म फरक–फरक विचार राख्थ्यौँ । तर, पत्रिका प्रकाशनमा हाम्रो गज्जबको सहयात्रा थियो ।

क्याम्पसको परीक्षा जनआन्दोलनका कारण एक वर्षपछि धकेलियो । त्यसबीचमा मलाई साहित्यिक पुस्तक पढ्ने लत बसेको थियो । राजधानीबाट नयाँनयाँ पत्रिका निस्कने होड चलेको थियो । भेटेजति पत्रिकामा कविता, गीत पठाउने गर्थें । कतिपयमा पाठक पत्र, कतिमा पत्रमित्रमा नाम छपाउने रहर थियो । पुस्तकको विषयमा छलफल गर्ने, गीत र कविता लेख्ने त्यतिबेला लेखेको ‘युद्ध’ खण्डकाव्यको पाण्डुलिपि अझै मसँग छँदैछ ।

एक दिन साथी चिरञ्जीवी मास्केको व्यङ्ग्य छापिएछ एउटा पत्रिकामा । शीर्षक थियो ‘रित्तो गोजी जागिरको खोजी’ । एकदमै मन पर्‍यो उनको लेखन । त्यो व्यङ्ग्य पढेपछि मलाई चिरञ्जीवीसँग मिलेर पत्रिका प्रकाशन गर्न मन लाग्यो । हामीले छलफल गर्‍यौँ । जिल्लाबाट बेलाबेलामा पत्रिका प्रकाशन भए पनि ती कि त क्लबको मुखपत्रका रूपमा निस्केका थिए कि त बुलेटिन भनेर छापिएका थिए । हामीलाई भने पत्रिकाकै रूपमा स्थापित गर्ने रुचि बढेको थियो । पत्रिकाको नाम राख्ने जिम्मा मैले पाएँ । नाम जु¥यो-‘अरुणिमा’ ।

पत्रिका निकाल्ने योजना त गरियो तर कसरी निकाल्ने ? पैसा थिएन । राजेन्द्र मानन्धर, चिरञ्जीवी मास्के र मेरो पहिलो प्रयास थियो यो । राजेन्द्रले व्यवस्थापकीय र प्रेसको जिम्मा लिए । कुमार थापाले अरुणिमाको सुन्दर मास्टर हेड बनाइदिए । चिरञ्जीवी र मेरो काम थियो रचना जम्मा गर्ने र सम्पादन गर्ने । दुई चारवटा पुस्तक पढेको, दुई चारवटा कविता गीत लेखेको बाहेक सम्पादन र प्रकाशनका काममा मलाई रत्ति ज्ञान थिएन । हामी त रहरै रहरले पत्रिकाको सम्पादक बनेका थियौँ । पत्रिका प्रकाशन गर्नुअघि कहाँ दर्ता गर्नुपर्ने हो हामीलाई थाहा थिएन । त्यति बेला हामीलाई कसैले सुझायो जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्छ भनेर ।

जिल्ला प्रशासन कार्यालयमा गएर सोधेँ । फाँटका कसैले कुरै पत्याएनन् । थाहा छैन हामीलाई भनिदिए । खुरुक्क फर्कें । जे त होला दर्ता नगरी निकाल्ने भन्ने निष्कर्षमा पुगेँ । चिनेजानेका साथीभाइ, इष्टमित्र सबैसँग सहयोग जुटाउँदै हामीले पत्रिकाको प्रकाशनका लागि पुग्ने पैसा जम्मा ग¥यौँ । हामीलाई साहित्यिक पत्रिका निकाल्ने रहर हुँदाहुँदै बजारमा साहित्यिकभन्दा विविध संकलन भनेर निकाल्दा राम्रो हुने विचार साथीहरूको आयो । त्यसैले पत्रिकामा विविध विषयहरू समावेश गरियो ।
‘अरुणिमा’ को पहिलो अङ्क निस्कियो, साउन २०४९ मा । तत्कालीन चर्चित कलाकार साम्दे शेर्पाको अन्तर्वार्ता लिएको थियो राजेन्द्रले । अरू विविध विषयहरू समेटेर पहिलो पटक निकालेको अरुणिमा अफसेट प्रेसमा छापिएको पहिलो पत्रिका थियो । त्यसअघि सबै लेटर प्रेसबाट प्रकाशन हुने गरेका थिए । पहिलो अङ्क हातमा परेको दिन खुशीले रातभरि निन्द्रा लागेन । सयौं पटक पढेँ होला आफू सम्पादक बनेर छापेको आफ्नै नाम । चिनेजानेका सबैलाई बाँड्यौँ । सबैजसोले प्रशंसा गरे । हामी गदगद भयौँ । ठूलै काम गरिएछ जस्तो भयो । कतिले अर्को अङ्कमा मेरो पनि रचना छापिदिनु है भने । कतिले सम्पादक, पत्रकार भन्दै गिल्ला पनि गरे । जे होस् हामीलाई ठूलो प्रेरणा भने मिल्यो ।

पत्रिका प्रकाशन भएको करिब दश दिनपछि सिडिओ कार्यालयमा बोलाएको छ भनेर जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी हाम्रो पसलमा आए । त्यति बेला हाम्रो ‘दुर्गा होजियरी’ नाम गरेको सुइटर उद्योग थियो । सिडिओ कार्यालयमा बोलाएको सुनेर अलि अलि डर लाग्यो तैपनि कुनै बिगार गरेको थिइनँ । म सरासर सिडिओ कार्यालयको प्रशासन फाँटमा पुगेँ । एकजना सापकोटा थरका सुब्बाले सोधे-‘तिमी हो भोजराज न्यौपाने ?’
‘हो’- मैले जवाफ दिएँ ।
‘तिमीलाई थुन्दिऊँ ? खुब पत्रकार बनेर हिँड्ने ?’-उनले कड्केर भने ।
मलाई डर लाग्यो ।
‘मैले के गल्ती गरेँ र सर ?’ मैले कामेको स्वरमा भनेँ ।
‘खुब सम्पादक बन्नु पर्‍यो होइन ? दर्ता नगरी पत्रिका निकाल्ने ?’–उनको आक्रोशको अर्थ बल्ल बुझेँ ।
‘म दर्ता गर्न, प्रक्रिया बुझ्न आएकै थिएँ । तर तपाईंकै फाँटबाट अहिलेसम्म यहाँबाट पत्रिका दर्ता भएको छैन, हामीलाई थाहा छैन भनेपछि मैले दर्ता नगरी छापेको हुँ ।’ मैले एकै सासमा बयान दिएँ ।
सुब्बा साप् अलिकति लत्रे । अझै केरकार भने जारी थियो ।

‘अरुणिमा’ को पहिलो अङ्क निस्कियो, साउन २०४९ मा । तत्कालीन चर्चित कलाकार साम्दे शेर्पाको अन्तर्वार्ता लिएको थियो राजेन्द्रले । अरू विविध विषयहरू समेटेर पहिलो पटक निकालेको अरुणिमा अफसेट प्रेसमा छापिएको पहिलो पत्रिका थियो । त्यसअघि सबै लेटर प्रेसबाट प्रकाशन हुने गरेका थिए ।

किन निकालेको पत्रिका ? के उदेश्य थियो ? सबै सोधखोज गरे । घर ठेगाना सोधे । बुबाको नाम सोधे । मैले मेरो बुबाको नाम भनेपछि उनले पुलुक्क मेरो मुखमा हेर्दै भने, ‘ए ! तिमी त मेरो गुरुको छोरा पो रहेछौ । ल बाबु जाऊ । अब पत्रिका दर्ता गरेरमात्रै निकाल्नु है ।’ सम्पादक बनेकामा निकै ठूलो उत्साह थियो । सुब्बाको धम्कीले डर लाग्यो । मेरो उत्साहमा रोकावट थियो त्यो । प्रशासनिक अल्झनले । दोस्रो अङ्कको तयारी अलि पछि गर्ने विचार गरियो । अब भने दर्ता गरेरमात्र पत्रिका निकाल्ने योजनामा पुग्यौँ हामी ।

हाम्रो अनुरोधमा हाम्रै गुरु देवदास श्रेष्ठको प्रधान सम्पादकत्वमा म, चिरञ्जीवी मास्के, शम्भु गौतम र राजेन्द्र मानन्धरको सम्पादकीय टिम बन्यो । जिल्ला प्रशासन कार्यालय दोलखामा दर्ता नम्बर एकको रूपमा अरुणिमा पत्रिकाको दर्ता भयो । र, २०५० असोजमा अरुणिमाको दर्ताका हिसाबले पहिलो अङ्क प्रकाशन भयो । यही पत्रिका नै दोलखाको व्यावसायिक पत्रिकारितामा कोशेढुङ्गो साबित भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?