अस्ताचलतिर रवि

डा. गणेशप्रसाद घिमिरे
Read Time = 15 mins

राजनीतिमा सबैभन्दा आवश्यक धैर्यको हुुन्छ । धैर्यपूूर्वक राजनीति गरेका पार्टी वा व्यक्ति आफूले गरेको राजनीतिको फल चाखिरहेका हुन्छन् । धैर्य गुुमाउने र धैर्यलाई अवलम्बन गर्न नसक्ने राजनीतिक व्यक्ति वा राजनीतिक दल कहिलेकाहीँ अप्रिय निर्णयको सिकार हुुने गरेका हुुन्छन् । राजनीतिक दल व्यक्ति होइन संस्था हो । संस्थाको निर्णय संस्थागतरूपमा हुनुु अनिवार्य मानिन्छ । यदि संस्थागत निर्णय नगरेर व्यक्तिगत निर्णयमा राजनीतिक पार्टीलाई सञ्चालन गर्ने अवस्था सिर्जना भयो भने त्यो पार्टीका लागि दुुर्भाग्य नै मानिन्छ ।
राजनीतिक पार्टीको संस्थागत रूपमा गरिने जुुनसुुकै निर्णय पनि देश, जनता र पार्टीका लागि हितकर मानिन्छन् । कुनै पनि विकसित वा विकासोन्मुुख मुुलुुकमा सञ्चालित राजनीतिक पार्टीको आफ्नै विधान, आ-आफ्नै मान्यता तथा सिद्धान्त रहेका हुुन्छन् । ती मान्यताका आधारमा सञ्चालन हुने राजनीतिक दलले नै देशको उन्नति, प्रगति तथा विकासलाई मुुख्य आधार मानेका हुन्छन् । सावधिक निर्वाचनमार्फत आफूलाई सबल तरिकाले उभ्याउनुु राजनीतिक दलको मुुख्य उद्देश्य रहेको हुुन्छ ।

नेपालको राजनीतिक अवस्था भने भिन्न किसिमको छ । नेपालमा सञ्चालन भएका राजनीतिक पार्टीका आआफ्नै विधान छन् । विधानसम्मत तरिकाले चुुनिएर अध्यक्ष र सभापति भएका पार्टीहरू नेपाली राजनीतिको इतिहासमा सफल बनेका छन् । आज आएर नेपाली राजनीतिमा देखिएका पार्टीका निर्णय व्यक्तिगत लहड्मा हुन थालेका छन् । नेपाली कांग्रेस शेरबहादुुर देउवाको, नेकपा एमाले खड्गप्रसाद ओलीको, माओवादी पुुष्पकमल दाहाल (प्रचण्ड) को लहड्का आधारमा चलिरहेका छन् । सभापति वा अध्यक्षको लहड कता हुुत्तिन्छ पार्टीको निर्णय पनि त्यही आधारमा हुने गरेका छन् ।

चुुनावमा कुुनै पनि पार्टीले बहुुमत ल्याउन सकेनन् । मतपरिणाम अनुुसार नेपालको राजनीतिमा अङ्क गणितको खेल आरम्भ भयो । नेकपा माओवादीका अध्यक्षले बाजी मारे । सरकार निर्माणमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भयो । अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री भए ।

यसरी गरिने निर्णयको विरोधबाट तथा नेपालमा बढ्दै गएको भ्रष्टाचारविरुद्ध नेपाली राजनीतिको इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको हो । संसदीय निर्वाचनमा यो पार्टीको उदय पार्टीका होनहार सदस्यले देशका लागि गरेको लगानी र योगदान होइन । यो त नेपालको राजनीतिमा जरा गाडेर बसेका, आफ्नो दुुनो सोझ्याउनभन्दा अरू केही नगरेका, देश जनतालाई लत्याएका पार्टीहरूका विरुद्धमा आएको युवा जमातको जनमत हो । जनमतको कदर हुुनुु अनिवार्य मानिन्छ । असन्तोषले चुुलिएको नेपाली राजनीतिमा रवि लामिछाने प्रमुुख रहेको पार्टीलाई विश्वास गरेका हुन् नेपाली जनताले ।

रविको छलाङ :
सञ्चारकर्मीका रूपमा उदाएका, जनताको बीचमा लोकप्रिय बन्दै गएका रवि लामिछानेले २०७९ असारमा राजनीति दल दर्ता गरे । उक्त दलको नाम उनले राष्ट्रिय स्वतन्त्र पार्टी राखे । मंसिर महिनामा भएको आमनिर्वाचनमा उक्त पार्टीले नजानिँदो किसिमले छलाङ मार्‍यो । पार्टी दर्ता भएको पाँच महिनामै संसदीय निर्वाचनमा प्रत्यक्ष र समानुुपातिकमा बीस सिट जितेर आफूलाई नेपाली राजनीतिको वैकल्पिक शक्तिका रूपमा उभ्यायो । यो उक्त पार्टीको अप्रत्यासित सफलता थियो । यही सफलताको आधारमा नेपाली राजनीतिमा शासन गर्दै आएका पार्टीहरूलाई सञ्चारमाध्यमबाट गाली गर्ने, पुुराना राजनीतिक दललाई सत्तोसराप गर्ने रवि लामिछानेको पार्टी संसदीय अंगणितको साँचो बन्यो ।

चुुनावमा होमिएका कुुनै पनि पार्टीले बहुुमत ल्याउन सकेनन् । चुुनावबाट आएको मतपरिणाम अनुुसार नेपालको राजनीतिमा अङ्क गणितको खेल आरम्भ भयो । नेकपा माओवादीका अध्यक्षले बाजी मारे । सरकार निर्माणको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भयो । अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री भए । सफल सञ्चारकर्मी, मीठो र कडा बोलीका धनी लामिछानेले आफूलाई अब्बल सावित गर्ने अवसरका रूपमा गृहलाई रोजेको देखियो ।

गृहमन्त्री हुुुनुुपूूर्व नागरिकताका कारण विवादमा आएका उनीविरुद्ध सर्वोच्च अदालतमा मुुद्दा दायर भएको थियो । चुुनावी परिणामबाट हौसिएका उनले हाम्रो पार्टी सरकारलाई समर्थन दिन्छ र सरकारमा सहभागी हुुन्छ भने । पार्टी सरकारमा सहभागी भए पनि नागरिकतासम्बन्धी मुुद्दाको टुुङ्गो नलागुुञ्जेल म मन्त्री हुुन्नँ भन्न सक्नुु पर्दथ्यो त्यसो भन्न सकेनन् । हतारहतार गृहमन्त्रीको पदभार सम्हालेर देशको सुुशासनमा ठोस निर्णय गछ्र्रुु भनेर तम्सिए ।

सर्वोच्च अदालतको फैसला उनका विरुद्ध आयो । उनले सम्हाली आएका सबै पद गुुमे । पार्टी सभापति, सांसद, मन्त्री गुुमेपछि तिलमिलाएका उनी अर्को दिन नागरिकता लिनसाथ पुुनः सभापति बने । एक दिन पनि कुुर्न सकेनन् । सांसद पद नरहे पनि आफूले सम्हालेको मन्त्री पदका लागि दौडधुुप गरिरहे । सम्भवतः सफल हुन सक्दैनन् होला ? कहिले बालकोट कहिले बालुुवाटार उनको आउजाउको केन्द्र बने । उनी जसरी मन्त्री पद पाउनका लागि दोडिरहेका छन् त्यसले उनी नेपाली राजनीतिका कच्चा खेलाडी हुन् भन्ने तर्कलाई बल प्रदान गरेको छ ।

राजनीतिमा धैर्य हुनुुपर्नेमा त्यो धैर्य रविमा देखिएन । नागरिकता लिएकै दिन पार्टीको बैठक राखेर सभापतिमा पुुनः आएका उनी जसरी मन्त्रीका निम्ति लागि परे त्यसले जनतामा उनीप्रतिको विश्वासलाई कमजोर बनाएको छ । निर्वाचनका समयमा जनतासित गरेका वाचालाई भाषणले जीवन्त बनाउन सक्दैन । भाषणले मात्र नेपालका गरिब जनताको पेट भरिँदैन । कमजोर बनेको नेपलाको अर्थतन्त्र उकासिँदैन । मन्त्री भए लगत्तै सार्वजनिक विदाका दिन सरकारी सावारीसाधन नचढ्ने उनको निर्णयलाई स्वागत गरे नेपाली जनताले । तर, मन्त्री पदका लागि उनले गरेको हतारोलाई हेर्दा रवि लामिछानेको राजनीति अस्ताचलतिर लम्केको देखिन्छ ।

रवि लामिछानेको फैसलामा उनका समर्थक तथा अन्धभक्तले ठूला राजनीतिज्ञले फसाए, काम गर्न दिएनन्, पुराना पद्यतिबाट चलेको शासनमा सुधार ल्याउन गारो रहेछ भन्नेजस्ता तर्कहरू प्रस्तुुत गरिरहेका छन् । कानुुनसम्मत तरिकाले चल्ने शासनमा यस किसिमका तर्कहरू सहज होइनन् । कानुुनले गलतलाई गलत सावित गरिदिएको छ । अमेरिकामा बस्दै आएका लामिछाने देशको उन्नति र प्रगतिका लागि, गरिब जनताका लागि केही गर्छन् भन्ने अभिलाषा राखेका थिए नेपाली जनताले ।

उनलाई मत दिने मतदाता, उनका समर्थनमा उत्रेका जनताको अभिलाषालाई उनले नेपालको कानुुनसित खेलवाड् गरेर तर्साइदिएका छन् । उनी पवित्र बन्न सकेनन् । उनी आफूलाई अब्बल सावित गर्न कमजोर रहे । एउटा नेपालीसित दुुई देशका राहदानी हुुुनुुहुुँदैन । मन्त्रीका लागि हतारिनुुको मुुख्य उद्देश्य देशमा क्रान्ति ल्याउँछुु भनेर पक्कै पनि होइन । गुुमेको पद कसरी प्राप्त गर्न सकिन्छ र सत्ताको स्वाद कसरी मार्न सकिन्छ भन्नुु नै उनको मुुख्य उद्देश्य रहेको देखिन्छ । जनतासित गरेका वाचालाई बिर्सेर सत्ता लिप्सामा समर्पित उनी पनि नेपालको राजनीतिमा खान पल्केका व्यक्ति हुन् भन्ने कुरालाई प्रमाणित गरेको छ ।

चालवाज ओली :
नेपालको राजनीतिमा आफूले गरेका राजनीतिक निर्णय, आफूले लिने गलत र असंवैधानिक कदम सबै सही हुन् भन्ने व्यक्ति हुुन् नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली । उनी कुनै पनि कुराको निर्णय तत्काल गर्न सक्छन् । उनको विरोधमा कुनै पनि पार्टीको ठूलो नेता वा साना कार्यकर्ता बोल्न सक्दैन । आफ्नाविरुद्ध आवाज उठाउनेलाई कहिले पनि नउठ्ने गरी समाप्त पार्न सक्ने क्षमता उनमा रहेको छ । गत निर्वाचनमा पहिलो पार्टी बन्न नसके पनि सत्ताको साँचो उनकै हातमा रहेको छ । अरूलाई होच्याएर, गाली गरेर भए पनि आफूलाई चर्चामा राख्ने उनी नेपाली राजनीतिका चालबाज खेलाडी मानिन्छन् ।

ओली प्रधानमन्त्रीलाई र उनको पार्टीलाई समाप्त पार्ने खेलमा निरन्तर सक्रिय बनेर लागिरहेका छन् । आफ्नो पार्टीको सदस्य नरहेको व्यक्तिलाई गृहमन्त्री बनाउन ओहोरदोहर गर्ने र रवि लामिछानेलाई आफूू मातहतमा राख्ने ओलीको जोड राजनीतिमा चतुर खेलाडीको जस्तो देखिएको छ ।

रवि लामिछानेको गृहमन्त्री गुुमेपछि पुनः गृहमन्त्री बनाउनुुपर्ने अडानमा रहेर प्रधानमन्त्रीसित निरन्तर संवाद गरिरहेका छन् । उनी प्रधानमन्त्रीलाई सांसद नै नरहेको व्यक्तिलाई गृहमन्त्रालयको जिम्मा लगाउन दौड्धुुप गरिरहेका छन् । रवि लामिछाने पनि लगातार उनको सानिध्यमा रहेर प्रधानमन्त्रीलाई गलाउन सकिन्छ कि ? भन्ने कोसिसमा निरन्तर सक्रिय बनेका छन् । सांसद नभएको व्यक्तिलाई गृहको जिम्मेवारी दिएपछि प्रधानमन्त्रीको पार्टी र स्वयं प्रधानमन्त्री नै अलोकप्रिय हुने ठम्याइ ओलीको देखिन्छ ।

ओली प्रधानमन्त्रीलाई र उनको पार्टीलाई समाप्त पार्ने खेलमा निरन्तर सक्रिय बनेर लागिरहेका छन् । आफ्नो पार्टीको सदस्य नरहेको व्यक्तिलाई गृहमन्त्री बनाउन ओहोरदोहर गर्ने र रवि लामिछानेलाई आफूू मातहतमा राख्ने ओलीको जोड राजनीतिमा चतुर खेलाडीको जस्तो देखिएको छ । यो चतुरता उनका लागि नेपाली राजनीतिको मियो बन्ने अवस्थाको रहेको देखिन्छ । नेकपा माओवादीलाई सदा धोका दिएका र ओलीबाट धोका खाएको माओवादी अहिले सशङ्कित देखिएको छ । सत्ताका लागि तत्काल गठबन्धन गरेका यी दुुवै पार्टी एक अर्काप्रतिको अविश्वासमा रहेका छन् ।

यो अविश्वास उनीहरूको गठबन्धनमा देखिएको तितो अवस्था हो । प्रतिनिधिसभाको सभामुुख, राष्ट्रपति, अर्थमन्त्रालय लिएर प्रचण्डलाई प्रधानमन्त्री सुुम्पेका ओलीप्रति माओवादी पूर्ण विश्वासमा पर्न सकेको छैन । प्रधानमन्त्री पुुनः पुुरानो गठबन्धन वा नेपाली काङ्ग्रेससित मिल्ने अवस्थामा देखिनुु, राष्ट्रपतिमा अन्तिमसम्म सहमति खोज्ने प्रयासलाई मान्न सकिन्छ । प्रचण्ड र उनको पार्टीलाई समाप्त पार्ने, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्नो वरिपरि राख्ने ओली नेपाली राजनीतिका चतुुर खेलाडी मानिएका छन् । चालबाज ओलीको यो चाल सफल हुुन्छ वा हुुँदैन त्यो हेर्न केही समय कुर्नुुपर्ने अवस्था देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?