पर्वलाई सम्मान गर्ने हाम्रो आफ्नै परम्परा छ : देउवा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउनुभएको छ ।

ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिँदै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको र विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाडपर्व रहेको बताउनुभएको हो ।

उहाँले प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउँदै यी चाडपर्वमध्ये नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार (नयाँ वर्ष) पनि एक महत्वपूर्ण पर्व भएको बताउनुभएको छ ।

सभापति देउवाले लोकतन्त्रमा मात्र सबै जात–जाति, सबै भाषा–भाषी तथा सबै धर्म र संस्कृतिले समान अवसर पाउने बताउँदै सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताहरूका लागि पनि जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी भएको आफ्नो शéकामना सन्देशमार्फत उल्लेख गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?