‘ए आमा गाउँदै नाच्ने हो’ भन्दै पुजन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पुजन काफ्लेको स्वरमा रहेको तीज गीत ‘ए आमा गाउँदै नाच्ने हो’ सार्वजनिक भएको छ । गायिका काफ्लेकै शब्द र आरसी रिमालको संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

शेरबहादुर डिसीको निर्देशन र शिवन पोखरेलको नृत्य निर्देशन रहेको भिडियोमा गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामाङ, एञ्जल काफ्ले, तारा लामा, उषा काफ्लेलगायत कलाकारले अभिनय छ ।

सुशील डाँगीको छायांकन, निराजन केसीको सम्पादन तथा कलर करेक्सन, सृष्टि थापामगरको मेकअप एण्ड हेयर रहेको गीतको भिडियो गायिका काफ्लेकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?