फरार प्रतिवादी सातबर्ष पछि पक्राउ

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । आठ बर्षिय बालिकालाई जवरजस्ती करणी गरी फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले सात बर्षपछि पक्राउ गरेको छ ।

जवरजस्ती करणी मुद्धामा फरार रहेका भोजपुरको रामप्रसाद राई गाउँपालिका बैकुण्ठेका २६ बर्षिय सुन्दर राईलाई घटनाको सातबर्ष पछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकले जानकारी दिनुभयो । २०७३ साल असोज १९ गते रातको समयमा भएको घटनामा संलग्न राईको प्रहरीले खोजीकार्य जारी राखेको थियो ।

प्रहरी प्रमुख डिएसपी पाठककाअनुसार जिल्ला अदालतले २०७९ साल माघ १० गते प्रतिवादी राईलाई पाँचबर्ष कैद सजायको फैसला गरेको भएपनि उनी फरार थिए । निज राईलाई खोजी गरिरहेको प्रहरीले बुधवार जिल्लाको रामप्रसाद राई गाउँपालिका-१ ओख्रेबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?