दुर्घटनाग्रस्त विमानमा ५३ नेपाली, १५ विदेशी : विमानस्थल प्रवक्ता

Read Time = 5 mins

काठमाडौं । काठमाडौंबाट पोखरा उडेको यती एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये हालसम्म ४४ जनाको शव निकालिएको छ ।

आज (आईतवार) बिहान १० बजेर ५० मिनेटमा पोखरा विमानस्थलको कन्ट्रोल टावरसँग अन्तिम सम्पर्क भएपछि विमान दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा नेपाली ५३ जना, विदेशीमा भारतीय ५, रसियन ४, आयरल्याण्ड १, अस्टे«लियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १, गरी जम्मा ६८ जना यात्रुहरु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सदस्य रहेको त्रिभुवन विमानस्लका प्रवक्ता टेकनाथ सिटौलाले बताउनु भयो । उहाँका अनुसार पोखराबाट उद्धारका लागि २ वटा हेलिकप्टर नाइनएन जेएलएक्स र नाइनएन केएनए परिचालन गरिएको छ ।
उद्धारका लागि थप हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, रेस्क्यु एण्ड फायर फाइटिङ दल तथा नेपाल प्रहरीसमेत संलग्न भइ उद्धार कार्य भइरहेको छ । उद्धारका लागि थप हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, रेस्क्यु एण्ड फायर फाइटिङ दल तथा नेपाल प्रहरीसमेत संलग्न भइ उद्धार कार्य भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिनुभयो ।
उहाँले दुर्घटनाग्रस्त विमानमा महिला २५ जना पुरुष ३७ जना, बालक ३ जना, शिशु ३ जना रहनुभएको थियो । प्राप्त ४४ शवमध्ये ३० जनाको शवहरु गण्डकी क्षेत्रीय अस्पतालमा पोष्टमाटमका लागि लगिएको छ भने १४ शव दुर्घटनास्थलको खोचमा रहेकाले निकाल्ने काम भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज बिहान १० बजेर ३२ मिनेटमा पोखराको लागि नेपाली ५३ जना, विदेशीहरुमा भारतीय ५, रसियन ४, आयरल्याण्ड १, अस्टे«लियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १, गरी जम्मा ६८ जना यात्रुहरु र ४ जना चालक दलका सदस्यसहित उडेको यती एयर प्रा.लि.को एनवाइटी ६९१ फ्लाइट नम्बर, दर्ता नम्बर नाइनएन एएनसी विमान पोखरा टावरसँग १० बजे सेती खोच भन्ने स्थानमा सम्पर्कमा आएको । तत्पश्चात उक्त विमान दुर्घटना भएको हो । पोखराबाट उद्धारका लागि २ वटा हेलिकप्टर नाइनएन जेएलएक्स र नाइनएन केएनए परिचालन गरिएको छ । उद्धारका लागि थप हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, रेस्क्यु एण्ड फायर फाइटिङ दल तथा नेपाल प्रहरीसमेत संलग्न भइ उद्धार कार्य भइरहेको छ । जम्मा यात्रु संख्या ७२ ती मध्ये चालक दलका ४ जना सदस्यहरु, जसमा महिला २५ जना पुरुष ३७ जना, बालक ३ जना, शिशु ३ जना रहनुभएको थियो । हालसम्म ४४ जना मृतकको शव फेला परेको छ । ३० जनाको शवहरु गण्डकी क्षेत्रीय अस्पतालमा पोष्टमाटमका लागि लगिएको छ । १४ शव दुर्घटनास्थलमा खोचमा रहेको छ र बाहिर निकाल्ने काम भइरहेको छ ।’

आईतवार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको हो । विमान दुर्घटनापछि बसेको आकस्मिक मन्त्रीपरिषद्को बैठकले मृतकको शोकमा सोमवार शोक बिदा दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?