महाभियोग सिफारिस समितिको बैठक बस्दै, जबराले अझै ३७ प्रह्नको उत्तर दिन बाँकी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ ।

यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । बिहीबार बसेको समितिको बैठक दुई घण्टा मात्र चलेको थियो ।

महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर विष्टले जबरालाई सोधिने प्रश्नहरू बाँकी रहेकाले भदौ १९ गते ११ पुनः बयान हुने जानकारी दिनुभएको थियो ।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिनुभएको छ । प्रश्नहरु लामो भएकाले समय लागेको बताइएको छ ।

तर जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?