अयोग्य लडाकुलाई दुई लाख दिने निर्णयबाट पछि हट्न सकिँदैन: प्रधानमन्त्री

तस्बिरः रासस

हिमालय टाइम्स
Read Time = 1 min

चितवन  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयबाट पछि हट्न नसकिने बताउनुभएकाे छ ।

चितवनमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय परिवर्तन नहुने बताउनुभएकाे हाे ।

उहाँका अनुसार किस्ताबन्दीमा लडाकुलाई दुई लाख रुपैया दिइनेछ । माओवादी अयोग्य लडाकुलाई आर्थिक सहयोग गर्ने निर्णय वर्तमान सरकारले नगरेको दाबी गर्दै उहाँले एमालेका विष्णु पौडेल अर्थमन्त्री र टोपबहादुर रायमाझी शान्ति मन्त्री हुँदा भएको निर्णय अहिले कार्यान्वयन गर्न लागेको बताउनुभयाे ।

तर, उक्त निर्णय कार्यान्वयन गर्न खोज्दा अर्थतन्त्र नै संकटमा पर्न लागेको जस्तो गरी प्रचार गरिएको उहाँको टिप्पणी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?