कतार एयरवेजलाई लगातार सातौंपटक अवार्ड

Read Time = 1 min

काठमाडौं । कतार एयरवेजले सातौंपटक एयरलाइन अफ द इयर अवार्ड जितेको छ । एयरलाइनले विश्वकै उत्कृष्ट बिजनेस क्लास, विश्वकै उत्कृष्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र मध्यपूर्वको उत्कृष्ट एयरलाइन अवार्डसमेत जितेको जनाएको छ ।

एयरलाइनले २५औं वार्षिकोत्सव मनाइरहेको बेला अन्तर्राष्ट्रिय हवाई यातायात रेटिङ संस्था स्काइट्रेक्सले सातौंपटक एयरलाइन अफ द इयर उपाधि प्रदान गरेको एयरवेजले जनाएको छ ।

एयरवेजका अनुसार लण्डनमा आयोजित समारोहबीच विश्वकै उत्कृष्ट बिजनेस क्लास, वल्ड्र्स बेस्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र बेस्ट एयरलाइन इन मिडल इस्ट गरी थप तीनवटा अवार्ड प्रदान गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?