लिक्कुइड लञ्जमा तिहार विशेष कार्यक्रम हुँदै

Read Time = 1 min

काठमाडौं । आगामी कात्तिक ६ गते साँझ दरबार मार्गस्थित लिक्कुइड लञ्जमा तिहार विशेष कार्यक्रम आयोजना हुनेभएको छ । ‘लिक्कुइड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक’ नाम दिइएको कार्यक्रममा अभिनेता सलोन बस्नेत र आमेश भण्डारीले गीत गाएर दर्शक झुमाउनुहुनेछ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलनकोे आयोजना गर्दै तिहार विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिइएको हो । उक्त कार्यक्रममा सलोनका अलवा एफटी लिक्कुइड व्याण्डले पनि आफ्नो प्रस्तुति दिने छ । पत्रकार सम्मेलनमा निर्देशक शोभित बस्नेतका साथमा सलोन, आमेष र व्याण्डका सदस्यको उपस्थिति थियो ।

सलोन र आमेषले तिहार हंगामामा आफूहरूलाई धेरैभन्दा धेरै दर्शकका साथ मिल्ने विश्वास व्यक्त गर्नुभयो । आफूहरू अहिले गायनको अभ्यास गरिरहेको भन्दा उहाँहरूले पत्रकार सम्मेलनमा गीत गाएर सुनाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?