सुरक्षित तरिकाले होली पर्व मनाउन प्रहरीको आग्रह

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षित तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ ।

सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन आग्रह गर्दै प्रहरी परिसर काठमाडौंले आत्मिय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न भनेको हो ।

‘होली पर्वको नाममा उश्रृंखल क्रियाकलाप नगरौं । अपरिचिते समूहमा होली नखेलौं । कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔं, केमिकल रगंको प्रयोग नगरौं,’ प्रहरी परिसर काठमाडौंले भनेको छ ।

महंगा गरगहना लगाएर होली नखेल्न पनि प्रहरीको अनुरोध छ । अपरिचित मानिसले दिएको खानेकुरा नखान, ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै प्रहरी परिसर काठमाडौंले अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारका दर्व्यवहार नगर्न अनुरोध गरेको छ ।

नियम विपरित कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम सजाय तथा जरिवाना हुने पनि प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?