काठमाडौं । काठमाडौंको साँखुमा टिपरको ठक्करले पत्रकार पवनलाल श्रेष्ठको निधन भएको छ । शंखरापुर नगरपालिका घर हुनुभएका पत्रकार पवनलाल श्रेष्ठको दुर्घटनामा निधन भएको हो । श्रेष्ठ नेपाल प्रेस युनियन साँखुका अध्यक्ष एवं साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिक पत्रिकाका सम्पादक हुनुहुन्छ ।
बुधबार बेलुकी साँखुबाट जोरपाटीतर्फ आइरहेको बा ५ ख २२१४ नम्बरको टिपरले विपरीत दिशामा रहेको बा ९४ प ४४९८ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा हरि खड्काको पनि निधन भएको छ । प्रहरीका अनुसार दुर्घटनामा पुनम श्रेष्ठ घाइते हुनुभएको छ । उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच