26th April | 2018 | Thursday | 2:47:08 AM

आर्मी र एपिएफ सुपर लिगमा

  POSTED ON : Thursday, 04 January, 2018 (3:56:11 PM)

आर्मी र एपिएफ सुपर लिगमा

हिमालय टाइम्स

काठमाडौं । दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब राखेप च्याम्पियनसिपअन्तर्गतको १६ औं महिला राष्ट्रिय फुटबल लिगको सुपर लिगमा प्रवेश गरेका छन् ।

बुधबार भएको खेलमा आर्मीले मध्यपश्चिमलाई १२–० ले तथा एपिएफले पश्चिमाञ्चललाई १४–० ले पराजित गर्दै सुपर लिगमा स्थान बनाएका हुन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा बुधबार भएको पहिलो खेलमा आर्मीले मध्यपश्चिमलाई १२–० को फराकिलो अन्तरले पराजित ग¥यो । आर्मीकी सपना लामाले ५ तथा शर्मिला थापामगरले ४ गोल गरिन् भने दीपा राईले २ तथा कप्तान कृष्णा खत्रीले एक गोल गरिन् ।

लिगअन्तर्गत बुधबारै भएको अर्काे खेलमा एपिएफले पश्चिमाञ्चलमाथि १४–० को फराकिलो जित निकाल्यो । एपिएफको जितमा सावित्रा भण्डारीले ८ गोल गरिन् । त्यस्तै रेखा पौडेल र अनिता केसीले समान २ गोल गर्दा रेनुका नगरकोटी र अनिता बस्नेतले समान १ गोल गरे । पश्चिमाञ्चलविरुद्ध ८ गोल गरेसँगै सावित्राले लिगमा आफ्नो गोल संख्या २० पु¥याएकी छिन् । उनले मध्यपश्चिमविरुद्ध एक्लैले १२ गोल गरेकी थिइन् ।

लिगमा दुवै टोलीले समान दुई खेलबाट ६ अंक बटुलेका छन् । यद्यपि गोल अन्तरका आधारमा एपिएफ समूहको शीर्ष स्थानमा छ । यी दुईबीचको लिग चरणको अन्तिम खेलले नै समूह विजेता निर्धारण गर्नेछ । यी दुईबीच शुक्रबार प्रतिस्पर्धा हुँदैछ ।