21st August | 2018 | Tuesday | 3:26:11 PM

लालबन्दी गोल्डकप : गोर्खा ब्याइजलाई हराउदै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश

दुर्गाप्रसाद चौंलागाई   POSTED ON : Monday, 11 June, 2018 (9:58:39 PM)

लालबन्दी गोल्डकप : गोर्खा ब्याइजलाई हराउदै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश

सर्लाही । लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको तेस्रो क्वाटरफाइनल  खेलमा विभागिय टिम नेपाल पुलिस क्लबले गोर्खा ब्वाइज, रुपन्देहीलाई २–१ गोलअन्तरले पराजित गर्दै  सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

राधाकृष्ण स्थित खेल मैदानमा खेल सुरु भएको चौथो  मिनेटमै रुपन्देहीको तर्फबाट अमर डङ्गोलले मैदानको कर्नर साइडबाट क्रस आएको बललाई डि बक्स भित्र वान टच प्रहार गरी पहिलो गोल गरे ।

खेलमा रुपन्देहीका निसान लिम्बु र म्याक्सवेलले प्रहार गरेको बल पोलमा लागेर फर्किएको थियो । नेपाल पुलिस क्लबले प्रहार गरेको ३ वटा उत्कृष्ट प्रहारलाई रुपन्देहीका गोलकिपर दिलिप क्षेत्रीले बचाएका थिए ।

यस्तै खेलको दोश्रो हाफको ११ औं मिनेटमा पुलिस क्लबको तर्फबाट राम वझीले मैदानको कर्नर साइड बाट क्रस भएर आएको बललाई गोलपोस्ट नजिकैबाट हेड गोलगरी खेललाई १–१ गोलको बराबरी गराउन सफल भए ।

दोस्रो हाफमा लगत्तै गोल फर्काएर हैसिएको पुलिसले खेललाई आफ्नो नियन्त्रणमा राख्दै पाएको केही राम्रा अवसरलाई गोलमा परिणत गर्न सकेन । 

खेलको अन्त्यतिर रुपन्देहीले डि बक्स  बाहिर पुलिसलाई फल गर्दा प्राप्त  फ्रीकिकलाई दोस्रो हाफको ४१औं  मिनेटमा पुलिस क्लबको तर्फबाट जर्सी नम्बर १७ का टिम क्याप्टेन भोला सिलवालले प्रहार गेरेको बल गोल हुँदा पुलिसले खेलमा २–१ गोलको अग्रता गर्न सफल भयो।

दुबै टिमबाट थप अन्य गोल हुन सकेन र खेल नेपाल पुलिस क्लबले २–१ गोल अन्तरले जित्न सफल भयो ।

आजको खेलको म्यान अफद म्याच नेपाल पुलिस क्लबका राम वझीलाई सर्लाही जिल्ला फुटबल संघका सदस्य बिजु लामाले नगद पाँचहजार प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत मंगलवार ए डिभिजन क्लब थ्रीस्टार, ललितपुर र कास्की–११ पोखराबिच अन्तिम क्वाटरफाइनल खेल हुने आयोजक समितिका दान प्रसाद अधिकारीले जानकारी दिए ।