मोहितको गीत ‘झरनाको चिसो चिसो पानी’

Read Time = 1 min

काठमाडौं । गीतकार मोहित मर्दन थापाको गीत ‘झरनाको चिसो चिसो पानी’ सार्वजनिक भएको छ । प्रताप दासको स्वर, कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेञ्ज रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । यो गीत थापाको ‘मोहित’ एल्बममा समाबेस छ । गीतको लिरिकल भिडियो भकारी एमडिसीको वेष्टटोन म्युजिक युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

डान्सिङ विटको यो गीतको भिडियो छिट्टै बनाएर एल्बमसहित सार्वजनिक गर्ने स्रटा मोहितले बताउनुभयो । थापाको यो पहिलो गीति एल्बम हो । मोहितमर्दन अमर सर्जक स्व.जगतमर्दन थापाको छोरो हुनुहुन्छ । मोहित व्यवसाय सँगसँगै गीत लेखनमा पनि सक्रिय हुनुहुन्छ । 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?