८८ प्रतिशत एनआरएनले लगाए खोप

Read Time = 2 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोनाबाट बच्न नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशत बढीले पूर्ण खोप लिएको जनाएको छ । एनआरएनएका स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया, न्युजील्यान्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानडा, युके, मलेसिया, बहराइन, अफ्रिका, दक्षिण कोरियालगायतमा रहेका नेपालीले खोप लिएका छन् । तर, भारत, बंगलादेशजस्ता देशमा भने ७० प्रतिशतभन्दा कम नेपालीले पूर्ण मात्रा खोप पाएका छन् । न्यूनतम खोप उपलब्ध भएका देशमा घाना, नाइजेरिया, दक्षिण अफ्रिका, तान्जानिया, युगान्डामा सामान्य जनसंख्याको ३० प्रतिशतभन्दा कम जनसंख्याले खोपको सुविधा प्राप्त गरे पनि त्यहाँस्थित ९० प्रतिशत नेपालीले भने खोप लिएको एनआरएनएले जनाएको छ ।

त्यस्तै कोरोनाविरुद्धको तेस्रो खोप (बुस्टर डोज) सबै देशमा उपलब्ध नभए पनि उपलब्ध भएका देशमा भने नेपालीले तेस्रो खोपसमेत लिएको बताइएको छ । हालसम्म बेल्जियममा ९० प्रतिशत नेपालीले बुस्टर डोज लिइसकेका छन् भने बेलायतमा रहेका ६० प्रतिशत बढी नेपालीले बुस्टर डोज लिएको एनआरएनएका प्रेस संयोजक चिरन शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यस्तै विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले समेत तेस्रो खोप प्राप्त गरिसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?