नेपाली युवा कवि पराजुली जस्तै साहित्य उत्सवमा दार्जिलिङकी कवि पवित्र लामा, कालिम्पोङका कवि मनोज बोगटी र सिक्किमका प्रवीण राई (जुमेली) कविता वाचन गर्दा पनि दर्शकश्रोताको ताली बर्साएका थिए । कार्यक्रममा विद्यार्थीहरूले मारुनी, भोटिया, लेप्चा नृत्य समेत प्रस्तुत गरेका थिए, भने दुवै हात नभएका विक्रम भट्टराईले खुट्टाले चित्रकला प्रदर्शन गरेका थिए । साथै साहित्य उत्सवको अवसरमा आयोजक समितिले कवि राजेन्द्र भण्डारी, चेतनराज श्रेष्ठ, गुप्त प्रधान, केएन शर्मा, वाणीश्री खरेल, शशी शेर्पा र रचना बुक्स एन्ड पब्लिकेशनलाई अभिनन्दन गरेका थिए । उनीहरूलाई मुख्यमन्त्री गोलेले अभिनन्दन गरेका हुन । कार्यक्रमलाई भव्य र सफल बनाउने मुख्य सहयोगी भूमिका निर्वाह गरेका मुख्यमन्त्री गोलेलेलाई आयोजक समितिले समेत अभिनन्दन गरेका थिए । आयोजक समितिका उपाध्यक्ष भीम रावतले स्वागत सम्बोधन गरेको कार्यक्रममा समितिका महासचिव दिवस राईले धन्यवाद ज्ञापन गरेका थिए ।
नेपाली भाषालाई विश्वमा चिनाउनु पर्छ : मुख्यमन्त्री गोले
सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ ९पिएस् गोले०ले भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङ र छिमेकी राष्ट्र नेपालमा मात्र नभई नेपाली भाषा, साहित्य, संस्कृति र कलालाई विश्वमा चिनाउनु पर्ने बताएका छन् । आफ्नो जाति र भाषा कुनै पनि ठाउँमा छैन भने त्यसको छुट्टै महत्त्व हुने बताउँदै मुख्यमन्त्री गोलेले भने, तपाई विदेशमा जानुहोस्, त्यहाँ आफ्नो जाति, भाषा, संस्कृतिको महत्त्व हुन्छ, विदेशमा कुनै नेपाली भाषी भेट्नु हुन्छ भने तपाई कति खुसी महसुस गर्नुहुन्छ त्यति बेला ।’ ‘त्यसैले नेपाली भाषा, साहित्य र कलालाई विश्वभर फैलाउन हामी सबै आआफ्नो क्षेत्रबाट लाग्नुपर्छ,’ उनले भने । ‘हामीले कुनै आवेदन पत्र लेख्नु प¥यो भने अङ्ग्रेजी भाषामा लेख्छौँ, नेपाली भाषामा लेख्दैनौँ, हामीले नै नेपाली भाषालाई अपहेलन गर्छौ,’ उनले भने, ‘आफ्नो भाषालाई आफैले बलियो बनाउनुपर्छ, हामी त्यसतर्फ लाग्नु पर्नेछ ।’ भारतको संविधानको आठौँ अनुसूचीभित्र नेपाली भाषाले मान्यता पाएको बताउँदै उनले भने, अब भारतमा पनि नेपाली भाषाको छुट्टै पहिचान र महत्त्व छ, देशको संसद्मा पनि सिक्किम र दार्जिलिङका लोकसभा सांसदले नेपाली भाषामा बोल्न पाइरहेका छन् । ‘भारतको संविधानमा नेपाली भाषाले मान्यता पाए पनि सिक्किममा यसले महत्त्व पाएको थिएन, त्यसैले हरेक वर्ष २० अगस्टलाई सिक्किममा नेपाली भाषा दिवस मनाउने घोषणा गरेका छौँ,’ उनले भने ।
हरेक वर्ष साहित्य महोत्सव मनाउने सिक्किम सरकारको घोषणा
सिक्किम मुख्यमन्त्री पिएस् गोलेले पूर्वज साहित्यकार र कविहरूको नाममा अपतन फेलोसिप कार्यक्रमको घोषणा गरेका छन् । सिक्किम साहित्य उत्सवमा सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले सिक्किममा भाषा र साहित्यमा पिएचडी गर्नेलाई लाग्ने सबै खर्च राज्य सरकारले बेहोर्ने घोषणा समेत गरेका छन् । सिक्किमका सबै भाषाको विकासको निम्ति राज्य सरकारले काम गर्ने बताउँदै उनले भने, ‘भोटिया, लेप्चा र लिम्बु भाषालाई संविधानको आठौँ अनुसूचीमा राख्न र ती भाषालाई राज्य स्तरीयबाट पुरस्कार दिने व्यवस्था गर्ने छौँ ।’सिक्किममा पर्यटन, खेलकुद, चलचित्र, कृषि लगायतको महोत्सव मनाउँदै आएको छ । अब सन् २०२२ देखि हरेक वर्ष राज्य सरकारले नै हरेक साहित्य महोत्सव मनाउने उनले घोषणा गरे । साहित्य महोत्सवमा नेपाली, लेप्चा, भोटिया, राई, लिम्बु, हिन्दी, मगर, तामाङ, नेवार लगायतको भाषाको संरक्षण नै यसको उद्देश्य रहने उनको भनाई छ । सिक्किमका लेखक, कवि, बुद्धिजीवीहरूले लेखेको पुस्तक रकम अभावले छाप्न नसकेमा राज्य सरकारले ती पुस्तकहरू छापिदिने व्यवस्था मुख्यमन्त्री कोषबाट मिलाउने उनले बताए । साथै जसले पनि सिक्किम भित्र आफ्नो चलचित्र बनाउँछ, ७० प्रतिशत छायाङ्कन र स्थानीय कलाकार चलचित्रमा समावेश गर्छन्, ती चलचित्र बनाउनेलाई ३० लाखदेखि १ करोडसम्म राज्य सरकारले सहयोग गर्ने उनले बताए ।

नेपाली भाषा र साहित्यको संरक्षक आवश्यक
नेपाली भाषा, साहित्य, कला, संस्कृति संरक्षण आजको आवश्यकता रहेको सिक्किम साहित्य उत्सवमा सहभागी वक्ताहरूले जोड दिएका छन् । भाषा, साहित्य, कला, संस्कृति आउँदो युवापुस्तामा हराउँदै गएकोले यसको संरक्षणका निम्ति हामी सबै एक जुट्नु हुनुपर्ने उनीहरूको भनाई छ । सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले हामीले भाषा र साहित्यलाई विश्वमा कसरी चिनाएको छौ, त्यसप्रति हामी सबै सजक हुनुपर्ने बेला आएको बताए । नेपाली भाषा, साहित्य, कला, संस्कृति बिस्तारै बिस्तारै लोप हुँदै गइरहेको बताउँदै उनले भने, ‘अहिलेको युवापुस्ता त्यो क्रेज देखिँदैन, समाजको विकासको निम्ति भाषा र साहित्यप्रति सबैले ध्यान दिनुपर्ने समय आएको छ ।’
त्यस्तै सिक्किम विश्वविद्यालयका सह प्राध्यापक डा। देवेन्द्र सुब्बाले नेपाली भाषाको संरक्षण नै अहिलेको मुख्य चुनौती रहेको औलाएका छन् । पहिलाका राजा शासनदेखि नै नेपाली भाषामै पत्र र निवेदन लेख्ने चयन रहेको बताउँदै सह प्राध्यापक डा। सुब्बाले भने, ‘अहिलेका विद्यार्थीले अङ्ग्रेजी भाषामा पत्र र निवेदन लेख्दा नेपाली भाषा सङ्कटमा पर्ने थालेको छ ।’ ‘प्रयोगकर्ताले नै नेपाली भाषाको प्रयोग गदिर्दैन भने यसको संरक्षण कसरी हुन्छ रु,’ उनले भने, ‘त्यसैले आफ्नो भाषाको प्रयोग आफैबाट सुरुवात गर्नुपर्ने हुन्छ, अनि मात्र नेपाली भाषाको संरक्षण हुन्छ ।’ साहित्य उत्सव आयोजक समितिका संरक्षक जेकब खालिङले सिक्किममा साहित्यिक रुखोपन छाएकोले मुख्यमन्त्रीको सहकार्यमा साहित्य उत्सव आयोजना गरी साहित्यिक बाझोपन हटाउने काम गरेको बताए । ‘यस उत्सवले सबैमा उत्साह र जोस बढेको छ,’ उनले भने, ‘आउने पिँढीले पनि भाषा र साहित्यप्रति चासो देखाउँछ ।’


युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच