माओवादीले बोलायो केन्द्रीय कमिटी बैठक, स्थायी कमिटी र पोलिटब्यूरोको निर्वाचन गर्ने

Read Time = 2 mins

काठमाडौं । कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै २७ माघका लागि आह्वान गरिएको बैठकले केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो एवं स्थायी कमिटीको गठन र बाँकी पदाधिकारीहरूको निर्वाचन गर्ने जानकारी गराउनु भएको छ । 

सोही बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्य विभाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्ने र तत्कालीन परिस्थितिको समीक्षा गरेर थप निर्णय लिइने प्रचण्डले भन्नुभएको छ । 

यसअघि २५ र ८ माघका लागि बोलाइएको बैठक कोरोनाको कारण स्थगित भएको थियो ।

आगामी स्थानीय तहदेखि प्रतिनिसभा सदस्य निर्वाचनको विषयमा पनि बैठकमा छलफल गर्ने अध्यक्ष प्रचण्डले परिपत्रमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?