नेपालमा भारतीय नागरिकहरू धेरै वर्षअघिदेखि पर्यटकको रूपमा नेपाल आउने गरेका छन् भने धेरै वर्षअघिदेखि भारतीय पर्यटकहरू नेपाल भ्रमण गर्ने पहिलो ठूलो संख्या रहँदै आएको भए तापनि सर्वसाधारण चिनियाँ नागरिकहरू भने सन् २००३ देखि मात्रै नेपालमा पर्यटक भएर आउने अनुमति पाए, चीन सरकारबाट । तापनि चिनियाँ सर्वसाधारण नागरिकहरूले नेपालमा पर्यटकका रूपमा आउन थालेको छोटो समयमा नै नेपाल आउने विदेशी पर्यटकको संख्यामा चिनियाँ पर्यटकहरू दोस्रो ठूलो संख्या हुन थालेका हुन्÷छन् ।
हुन त सन् २००३ को पहिलो वर्ष ७ हजार ५ सय ६२ जना सर्वसाधारण चिनियाँ नागरिकहरू पर्यटकका रूपमा नेपाल भ्रमणमा आएका थिए । त्यस यता कोरोना महामारी (कोभिड–१९) सुरु नभएसम्म चिनियाँ पर्यटकको संख्या लगातार बढेको बढ्यै थियो । तर, सन् २०१९ को अन्तिमताका चीनको दक्षिणपूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट पैmलन सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९)को पहिलो लहरले विश्वलाई नै त्राहिमाम, त्राहिमाम बनाएको हुँदा केवल नेपालका लागि मात्रै नभएर विश्वका धेरै विकशित देशहरूका लागि पनि ‘सुनको फुल पार्ने कुखुरी’ पर्यटक अर्थात् चिनियाँ पर्यटकहरू सन् २०२० र २०२१ मा कम मात्रै चिनियाँ पर्यटक विदेश भ्रमणमा निस्किएका थिए ।
हुन पनि जत्ति नै महँगो सरसामान होस्, आपूmलाई मन परेपछि त्यस्तो सरसामान अथवा चिजबिजहरू किन्न कन्जुस्याइँ गर्दैनन्, चिनियाँ पर्यटकहरू त्यसमा पनि चिनियाँ महिलाहरू सौखका चिजबिजहरू धेरै किनमेल गर्छन् । तर, अभैm पनि नोभेल कोरोनाभाइरस (कोभिड–१९)ले विश्वलाई पहिलो, दोस्रो, तेस्रो, चौथो र, पाँचौं लहरले त्राहिमाम त्राहिमाम बनाइरहेको यो बेला कोही पनि मानिसहरू ढुक्कसँगले बाहिरफेर (विदेश) घुम्न निक्लने अवस्था तयार भइसकेको छैन ।
त्यसो त फेरि पनि भन्नु पर्दा लामो समयदेखि नेपाल आउने विदेशी पर्यटक सबैभन्दा धेरै भारतबाट आइरहेका छन् भने भारतीय नागरिकलाई भिसा शुल्क लाग्दैन । चिनियाँ पर्यटकका लागि भने १५ दिन, ३० दिन र ९० दिने प्रवेशाज्ञा जारी गर्ने गरेको छ । त्यसो भए तापनि अबको केही वर्षपछि कोरोना महामारी (कोभिड–१९) ठीकठाक भएपछि नेपाल आउने विदेशी पर्यटकको ठूलो संख्या उत्तरको छिमेकी देश चीन हुने पक्का जस्तै देखिन्छ ।
विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) को रूपमा विदेशी पर्यटक भएर विदेश घुमिरहेका र सबैभन्दा धेरै दैनिक खर्च गरिरहेका तिनै चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा किन कम संख्यामा आउँछन् र, उनीहरूले नेपाल भ्रमणमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा पनि हामीले बेलैमा सोच्नुपर्ने देखिन्छ । त्यसमाथि नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका थिए । अझ सन् २०२० र २०२१ मा त चिनियाँ पर्यटकहरू कही कतै पनि ठूलो संख्यामा भ्रमण गर्न निक्लेनन् ।
त्यस्तै चिनियाँ पर्यटकहरू नेपालमा चार/पाँच दिनदेखि नौ/दश दिनसम्म बिताउनेहरू बढी आउने गरेका छन् । हुन त चिनियाँ पर्यटकहरू कुनै पनि देशको भ्रमणमा निक्लदाँ ट्रेकिङ, ¥याफ्टिङ, जंगल सफारी, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिक रूपमा भने भारतीय पर्यटक हेरी चिनियाँ पर्यटकबाट फाइँदै फाइदा देखिन्छ । त्यसो तापनि हामीले सन् २०२४/०२५ देखि बढ्ने पर्यटकीय गतिविधिबाट डिलक्स, लक्जरियस र सक्दो खर्च गर्न सक्ने र कम्तीमा आठ÷दश दिनदेखि १४÷१५ दिनसम्म बिताउने खालका चिनियाँ पर्यटकका साथै भारतीय पर्यटकहरू सक्दो धेरै भित्र्याउने प्रयासमा अहिलेदेखि लाग्नुपर्ने देखिन्छ ।
त्यसो त नेपाल आउने विदेशी पर्यटकहरू सकेसम्म कम खर्च गर्नेहरू छन् तर चिनियाँ पर्यटक कम खर्चिला नै भने होइनन् । किनभने, गत केही वर्षअघिदेखि संयक्त राष्ट्र संघ सम्बद्ध संस्था युएन–डब्लुटीओलगायत विश्व पर्यटनसँग सम्बिन्धित संघसंस्थाले गरेको विभिन्न अनसन्धान गरेर निकालेको तथ्यांकहरूमा चिनियाँ पर्यटक लगातार रूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा गनिएका÷दरिएका छन् । त्यतिमात्रै होइन, चिनियाँहरू संख्याकै आधारमा विश्वका धेरै संख्यामा विश्व भ्रमणमा निक्लने पर्यटकका रूपमा दरिएका छन् । सायद अब पृथ्वीको अस्तित्व रहेसम्म ! चिनियाँ पर्यटकहरूको संख्या र र खर्च गराई दुवैलाई अन्य देशका पर्यटकले उछिन्न सक्ने छैनन् !
हालै आएको ताजा तथ्यांकमा जनाइएअनुसार सन् २०२१ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या गत दुई वर्ष (सन् २०१९ र २०२०) को भन्दा धेरै कम रहेको छ । अर्थात् सन् २०२१ मा एक लाख ५१ हजार चानचुन विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका छन् । तापनि विस्तारै घुमफिर गर्नसक्ने अवस्था आएपछि हामीले छिमेकी देश भारत र चीनको पर्यटकहरू ठूलो संख्यामा नेपाल भित्र्याउने र त्यसमा पनि अझ खर्चालु भारतीय र चिनियाँ पर्यटकहरू भित्र्याउनेतर्फ अहिलेदेखि नै लाग्नुपर्ने आवश्यकता छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच