काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी गाउँमा भोट माग्न मात्र नजाने बताउनु भएको छ । २९ फागुनबाट एक महिने अभियानसहित गाउँगाउँ जान लागेको कांग्रेस भोट माग्न मात्र नभएर निर्वाचनमा सहभागी हुन सबैलाई अपिल गर्न जान लागेको उहाँले बताउनु भयो ।
पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘कांग्रेस भोट माग्न मात्र जाँदैन, सबैलाई निर्वाचनमा सहभागी हुन अपिल गर्न जान्छ । पार्टीपंक्तिलाई निर्वाचन आचारसंहिता पालना गर्न उत्प्रेरित गर्न जान्छ । जनताको कुराको सुन्न जान्छ ।’
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमा एमाले अध्यक्ष केपी ओलीले मतपत्रमा चुनाव चिह्नको रङ हरियो राख्न थालेकोमा कांग्रेसप्रति कटाक्ष गर्नुभएको थियो । यस विषयमा पत्रकारले राखेको जिज्ञासामा महामन्त्री शर्माले भन्नुभयो, ‘अहिले एउटा उखान चलेको छ । विभाजित कम्युनिष्ट पार्टी हेरियो देख्दा तर्सिन्छ रे ।’







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र