काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी गाउँमा भोट माग्न मात्र नजाने बताउनु भएको छ । २९ फागुनबाट एक महिने अभियानसहित गाउँगाउँ जान लागेको कांग्रेस भोट माग्न मात्र नभएर निर्वाचनमा सहभागी हुन सबैलाई अपिल गर्न जान लागेको उहाँले बताउनु भयो ।
पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘कांग्रेस भोट माग्न मात्र जाँदैन, सबैलाई निर्वाचनमा सहभागी हुन अपिल गर्न जान्छ । पार्टीपंक्तिलाई निर्वाचन आचारसंहिता पालना गर्न उत्प्रेरित गर्न जान्छ । जनताको कुराको सुन्न जान्छ ।’
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमा एमाले अध्यक्ष केपी ओलीले मतपत्रमा चुनाव चिह्नको रङ हरियो राख्न थालेकोमा कांग्रेसप्रति कटाक्ष गर्नुभएको थियो । यस विषयमा पत्रकारले राखेको जिज्ञासामा महामन्त्री शर्माले भन्नुभयो, ‘अहिले एउटा उखान चलेको छ । विभाजित कम्युनिष्ट पार्टी हेरियो देख्दा तर्सिन्छ रे ।’
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल