अध्यक्ष तिमिल्सिना र फ्रान्सको संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

Read Time = 2 mins

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका फ्रान्सको संसदीय प्रतिनिधिमण्डल र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधबार उहाँहरूबीच भेटवार्ता भएको हो ।

फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन नेतृत्वको प्रतिनिधिमण्डलले अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेट गरेको हो । शिष्टाचार भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले ७३ वर्ष लामो नेपाल–फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।

फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निरन्तर समर्थन गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै उहाँले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यका रुपमा रहेको स्वतन्त्रता, समानता र भ्रातृत्व नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षमा सधैं प्रेरणादायी रहँदै आएको बताउनुभयो ।

दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको तथा मित्रता, सद्भाव र आपसी समझदारीमा आधारित रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभएको छ । वर्षौंदेखि उच्चस्तरीय भ्रमणको आदान-प्रदानले विद्यमान सम्बन्धलाई गति दिएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?