मकवानपुरबाट १८० किलो गाँजा सहित तीन व्यक्ति पक्राउ

Read Time = 1 min

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित एउटा पिकअप भ्यान र तीनजनालाई पक्राउ गरेको छ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर–७ मा चैनपुरबाट हेटौडातर्फ आउदै गरेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको एक सय ८० किलो लागूऔषध गाँजा सहित पिकअप नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा पिकअप चालक हेटौडा उपमहानगरपालिका वडा नम्बर–१६ बस्ने २९ वर्षीय बुद्धीमान वाईबा, उक्त गाडीमा सवार सोही स्थानका २९ वर्षीय अर्जुन स्याङतान र ३० वर्षीय बिनोद पाख्रिन रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताउनु भयो । पक्राउ परेका माथि थप आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?