राप्रपामा महामन्त्रीसहित रवीन्द्र मिश्र पक्षका ४० केन्द्रीय सदस्य थपिए

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा महामन्त्रीसहित रवीन्द्र मिश्र पक्षका ४० जना केन्द्रीय समितिमा थपिएका छन् ।

महामन्त्री शरद पाठकसहित ४० जना केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । गत असोज १२ गते वरिष्ठ उपाध्यक्ष पद पाएपछि मिश्र राप्रपा प्रवेश गर्नुभएकाे थियाे ।

मिश्र राप्रपामा गए पनि उहाँको पक्षबाट कसले कुन पद पाउने भन्नेबारे भागबण्डा टुंगिएको थिएन । बिहीबार तत्कालीन विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्रको पछि लागेका नेता कार्यकर्ताहरूले राप्रपामा समेत स्थान पाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?