उम्मेदवारको नामावली प्रकाशन गर्दै आयोग

Read Time = 1 min

काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ।

वैशख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आयोगले प्रकाशन गर्न लागेको हो। १३ गतेसम्म उजुरी दिने समय तोकेको आयोगले हिजो र आज मनोनयन उपर जाँचबुझ गरी आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो ।

यस्तै शुक्रबार साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली पनि शुक्रबार नै प्रकाशन हुनेछ ।

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७५३ स्थानीय तहमा ३५ हजार २२१ पदका लागि साढे एक लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?