केशव स्थापितको गेम इज ओभर : कांग्रेस प्रवक्ता महत

Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौं महानगरपालिकामा एमालेबाट उम्मेदवार बन्नुभएको केशव स्थापितको गेम इज ओभर भएको बताउनु भएको छ ।

काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै महतले स्थापितको हार निश्चित भएको बताउनु भयो ।

'स्थापित जी नोमिनेसन गरेर निस्किँदा मैले सुन्दै थिएँ, गेम इज ओभर रे । म भन्छु, उहाँको गेम इज ओभर । अब बागमतीमा धेरै पानी बगिसकेको छ । फेरि फर्केर आउने सपना नदेखे हुन्छ,' महतले भन्नुभयो ।

एमाले अध्यक्ष केपी ओली र स्थापितलाई लक्षित गरेर उहाँले राजनीतिलाई मनोरञ्जनको साधन नबनाउन आग्रह गर्नुभयो ।

काठमाडौं महानगर कांग्रेसले जित्नु भनेको ५० वटा अरु नगरपालिका जिते बराबर हुने उहाँले बताउनु भयो । सिर्जना सिंहलाई मत दिएर जिताउन आग्रह गर्दै उहाँले भन्नुभयो, ुअरुले कुरा गर्ने तर, नेपाली कांग्रेसले काम गर्छन् । त्यसैले काम गर्ने पार्टीलाई निर्वाचित गर्ने समय आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?