एमालेले जनताको बिश्वास जित्छ : एमाले उपाध्यक्ष पौडेल

Read Time = 4 mins

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वउप्रधानमन्त्री विष्णु प्रसाद पौडेलले एमालेले जनताको विश्वास जित्ने दावी गर्नु भएको छ । उहाँले एमालेकै नेतृत्वमा मात्र संविधान र लोकतन्त्रको रक्षा हुन सक्ने बताउनु भयो।

एमाले सिद्धार्थनगर नगर कमिटीले बिहीबार भैरहवामा आयोजना गरेको उम्मेदवार अभिमुखीकरण तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले एमालेको नेतृत्वमा सिद्धार्थनगरलाई आधुनिक नगरको रुपमा विकसित गर्ने बताउनु भयो। सिद्धार्थनगर नगरपालिकामा एमालेको जीतलाई कसैले पनि रोक्न नसक्ने बताउनु भयो।

उहाँले एमालेका नेता कार्यकर्तासँग अनगिन्ती एजेण्डा भएको र जनताले एमालेलाई पत्याउने भएकाले जीत सुनिश्चित भएको बताउनु भयो।
उहाले भन्नुभयो, ‘हिजोका दिनमा राम्रा काम ग-यौं भन्ने बताउँछौं, त्यसलै जनताले हाम्रो साथ दिन्छन् ।’ एमाले नेतृत्वको सरकारले धेरै काम गरेको कुरा जनतालाई राम्रोसँग जानकारी भएको उहाँको भनाइ थियो ।

पौडेल बेलहिया–बुटवल ६ लेन सडक, भैरहवा–लुम्बिनी ४ लेन सडक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एमालेको नेतृत्वमा बनेको पौडेलले दावी गर्नु भयो। वर्तमान सरकारले विमानस्थलको दोस्रो चरणको काम रोक्न खोजे पनि रोक्न नसक्ने उहाँले बताउनु भयो।

उहाँले भन्नु भयो, ‘आधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, क्रिकेट रंगशाला, बेलहियामा एकीकृत भन्सार चेकपोष्ट (आइसीसी) एमालेकै अग्रसरता र पहलकदमीमा बन्दैछ, त्यसैले त हामी जनताको विश्वास जित्छौं ।’ सिद्धार्थनगरका जनताले एमालेका नेता कार्यकर्ताले भनेको कुरा पत्याउने उहाँको भनाइ थियो ।

‘सिद्धार्थनगरमा निर्वाचन जितिसकेका छौं, उत्साह–जाँगरका साथ अगाडी बढ्छौं, अर्कोपटक हाम्रा प्रतिष्पर्धीहरु एमालेसँग गठबन्धन गरेर पनि जित्न नसकुन् र उम्मेदवार समेत पाउन नसक्ने गरी निर्वाचन जित्न खोजिरहेका छौं ।’ उहाँले भन्नु भयो एमालेकोतर्फबाट सिद्धार्थनगरको मेयर र उपमेयरका उम्मेदवार अन्य पार्टीको उम्मेदवारसँग तुलना हुनै सक्दैन्।

नेता पौडेलले ६० प्रतिशत बढी स्थानीय तहमा एमालेको चुनाव जित्ने बताउनु भयो । ६ वटा महानगरपालिकामध्ये कम्तीमा ५, ११ उपमहानगरपालिकामध्ये ९ र अधिकांश नगर/गाउँपालिका एमालेले जित्ने बताउनु भयो।

एमालेको नेतृत्वमा सरकार नबनेसम्म मुलुकमा विकास हुन नसक्ने कुरा जनताले राम्रोसँग बुझेको बताउनु भयो। एमालेका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज दधिराम न्यौपानेले एकताबद्ध भएर एमालेलाई जिताउनुपर्ने बताउनु भयो।

एमालेका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज खिमलाल भट्टराईले एमालेको जीत सुनिश्चित रहेको दावी गर्नु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?