काठमाडौं । नेपाल बक्सिङ संघले आगामी सेप्टेम्बरमा चीनमा हुन गइरहेको १९औं एसियन गेम्सका लागि यही अप्रिल २७ देखि अप्रिल ३० तारिख सम्म अधिराज्यव्यापी प्रारम्भिक बक्सिङ छनोट खेल सुरु गरेको छ ।
प्रारम्भिक छनोट खेलमा फ्लाई वैट ५१ किलो महिलातर्पm त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङले नेपाल बक्सिङ क्लबका दिवाना शेर्मालाई नक आउटको आधारमा पराजित गर्नुभयो । त्यसैगरी, सोही तौल समूहमा आर्मीकै ललिता महर्जनले एपिएफका निता गोसाईलाई अंकको आधारमा पराजित गर्नुभयो ।
फ्लाई वैट तौल समूहमा भएको अर्को खेलमा नेपाल प्रहरीका रिता धरलाले बागमती प्रदेशका देनिका राईलाई अंकको आधारमा पराजित गर्नुभयो । सोही तौल समूहमा बाग्मती प्रदेशका सुस्मा तामाङले बागमती प्रदेश ‘ए’ कै अस्मिता दुवाललाई युनानिमस डिसिजनका आधारमा पराजित गर्नुभयो ।
त्यसैगरी, महिला वैन्टम वैट तौल समूहमा बागमती प्रदेशका हेमा राईले बागमती प्रदेश ‘ए’ कै स्वस्तिकालाई स्पिलट डिसिजनका आधारमा पराजित गर्नुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच