मादक पदार्थ सेवन गरि गाउँपालिका उपाध्यक्षमाथि कार्यकक्षमै कुटपिट

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा गाउँपालिका उपाध्यक्षलाई कार्यकक्षमै कुटपिट भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष विना भट्टमाथि कुटपिट भएको हो।

उहाँले आफूमाथि सोही गाउँपालिकाको वडा नं ३ बस्ने दिपक बहादुर चन्दले २५ गते दिउँसो ३ बजेर २० मिनेटको समयमा विद्युत विस्तारका विषयमा मादक पदार्थ सेवन गरि कार्यकक्षमै आएर कुटपिट गरेको आरोप लगाउनु भएकाे छ ।

कुर्सीमा बसेको बेला मलाई लछारपछार गरि हातमा लिएको फलामको प्लासले आफूलाई कुटपिट गरेको उहाँको आरोप छ।

यस्तै उपाध्यक्षले ज्यान मार्ने धम्कीसमेत दिएको हुँदा निजमाथि आवश्यक छानविन गरि/गराई कारबाहीका लागि गाउँपालिका राष्ट्रिय महासंघ नेपाललाई निवेदन दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?