दोस्रो जनआन्दोलनका ‘जिउँदो शहीद’ मुकेश कायस्थको निधन, आजै अन्त्येष्टी गरिने

हिमालय टाइम्स
Read Time = 1 min

बनेपा । दोस्रो जनआन्दोलनमा घाइते भइ उपचाररत काभ्रेका मुकेश कायस्थको निधन भएको छ ।

‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो । ३२ बर्षको उमेरमा उहाँको साढे ७ बजे निधन भएको हो ।

२०६२र६३को जनआन्दोलनको क्रममा २०६२ चैत २७ गतेको आन्दोलनमा १४ बर्षीय मुकेशको शिरमा सुरक्षाकर्मीको गोली लागेको थियो । त्यसपछि निरन्तर अस्पतालमा रहँदै आउनुभएका मुकेशको पछिल्लो समयमा भने स्वास्थ्यमा सुधार हुँदै आएको थियो । उहाँ पछिल्लो समयमा हाँस्न, इशारा गर्ने र ह्विल चेयरमा बस्न सुरु गर्नुभएको थियो ।

आज उहाँको अन्त्येष्टी गरिने कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?