कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का बर्षाको संभावना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति देशको पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तत्काल अन्य मौसमी वायु नेपाल प्रवेश गर्ने सम्भावना नरहेकाले केही दिन नेपालको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?