शाहरुख अभिनित पठानको सिक्वेल तयारी सुरु

Read Time = 2 mins

मुम्बई । अभिनेता शाहरुख खान भलै ‘लाल सिंह चड्डा’ र ‘ब्रह्मास्त्र’ जस्ता फिल्ममा केमियो भूमिकामा देखिइसकेका छन् । तर, उनका फ्यान अझै पनि प्रमुख भूमिकामा अभिनय रहेको फिल्मको व्यग्र प्रतिक्षामा छन् ।

शाहरुख सन् २०१८ पछि कुनै पनि फिल्ममा प्रमुख भूमिकामा देखिएका छैनन् । यद्यपि सन् २०२३ मा उनका तीन फिल्म रिलिज हुँदैछन् । जसमध्ये फिल्म ‘पठान’ जनवरीमा रिलिज हुँदैछ । तर, यो फिल्म रिलिज हुनुअघि नै यसका निर्माताले सिक्वेल बनाउने तयारी सुरु गरिसकेका छन् ।

फिल्मका निर्माता आदित्य चोपडा र उनको टिम यो एक्सन थ्रिलर फिल्मलाई सलमान खानको ‘टाइगर’ प्रेञ्चाइजीकै जस्तो गरी अगाडि लैजाने योजनामा छन् । त्यसकारण उनीहरु यसको सिक्वेल बनाउने औपचारिक निश्कर्षमा पुगिसकेका छन् ।

पहिलो फिल्मको तुलनामा सिक्वेलमा अझ नयाँ भूमिका जोडिनेछ । फिल्मको टिमले ‘पठान’ को सिक्वेल लेखनको काम सुरु गरिसकेका छन् । फिल्म ‘टाइगर’ को फ्रेञ्चाइजीजस्तै यो फिल्मको कथा पनि भारत बाहिर देश पुर्याउने योजना निर्माण पक्षको छ ।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म ‘पठान’ मा शाहरुख एक स्पाईको भूमिकामा छन् । फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ ।

यो फिल्मबाहेक सन् २०२३ मा शाहरुख अभिनित फिल्म ‘जवान’ र ‘डंकी’ पनि रिलिज हुँदैछ । शाहरुख पछिल्लो पटक सन् २०१८ मा फिल्म ‘जिरो’मा देखिएका थिए । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?