दुग्ध उत्पादक किसानलाई अनुदान

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका दुग्ध उत्पादक किसानलाई रु २७ लाख ६९ हजार अनुदानस्वरुप प्रदान गरेको हो ।

कावासोती नगरपालिका कृषि तथा पशुपक्षी विकास शाखाका शाखा प्रमुख डा. टेकराज पौडेलका अनुसार नगरपालिकाले हाल नगरभित्रका दुग्ध उत्पादक किसानलाई दूधमा प्रतिलिटर रु १.२५ पैसा अनुदान उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्षमा नगरभित्रका चार सहकारीमार्फत उक्त अनुदान वितरण गरिएको शाखा प्रमुख पौडेलले बताउनुभयो ।

यहाँका चार सहकारीमा सङ्कलन भएको कूल २२ लाख १५ हजार ५३५ लिटर दूध बराबर अनुदान उपलब्ध गराइएको हो । जनकल्याण दुग्ध विकास सहकारी संस्थामार्फत चार लाख आठ हजार ८५५ लिटर, साना किसान कृषि सहकारी संस्थामार्फत नौ लाख नौ हजार ९७७ लिटर, शिवमन्दिर महिला बहुउद्देश्य सहकारीमार्फत एक लाख ५१ हजार ६५४ लिटर र एकीकृत दुग्ध विकास सहकारी संस्थामार्फत सात लाख ४५ हजार ४८ लिटर दूध सङ्कलन भएको थियो ।

सोही आधारमा प्रत्येक सहकारीलाई प्रतिलिटर रु १.२५ पैसाका दरले अनुदान उपलब्ध गराइएको हो । दूध बिक्री गर्ने किसानलाई बिक्री गरेको दूधको परिणामअनुसार सहकारीमार्फत नगरपालिकाले उपलब्ध गराएको अनुदान प्रदान गर्ने गरिएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षदेखि दूधमा दिने अनुदान थप गरेको छ । हाल प्रदान गरिएको अनुदानमा प्रतिलिटर रु २५ पैसा थप गरी रु १.५० पैसा पुर्‍याउन लागिएको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । नगरपालिकाको ११औँ नगरसभामा पारित गरिएको नीति तथा कार्यक्रममा अनुदान वृद्धि गर्ने उल्लेख छ । सोही आधारमा बजेटसमेत विनियोजन गरिएको भुसालले बताउनुभयो ।

उत्पादनका आधारमा अनुदान प्रदान गर्दा किसानलाई उत्पादन बढाउन उत्प्रेरित गर्ने कृषि तथा पशुप‌क्षी विकास शाखाका प्रमुख पौडेलले बताउनुभयो । दुग्ध उत्पादक किसानलाई थोरै भए पनि राहत होस् भनेर अनुदान प्रदान गरिएको उहाँले बताउनुभयो । “किसानलाई केही राहत होस् भनेर नगरले अनुदान दिँदै आएको छ, अनुदानलाई अझ प्रभावकारी बनाउँदै, उत्पादनमा जोड दिने गरी प्रदान गरिएको छ”, उहाँले भन्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?