ट्रंक तथा डेडिकेटेड लाइनको महशुल बुझाउन एक महिना म्याद थप

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको महशुल बुझाउन एक महिना म्याद थप गरेको छ । यसअघि भदौ १७ गते सुचना जारी गर्दै १५ दिनको समय दिएको प्राधिकरणले समय पर्याप्त नभएको भन्ने उद्योगीको गुनासो पछि एक महिना थप गरिदिएको हो ।

प्राधिकरणले पुनः अर्को सुचना जारी गर्दै आगामी २०८० असोज ३० गतेभित्र महशुल बक्यौता तिर्न आग्रह गरेको हो । प्रतिनिधि सभामा केही सांसदहरुले ट्रंक तथा डेडिकेटेड लाइनको महशुल उठाउन प्राधिकरण चुकेको र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गर्नुपर्ने माग उठेपछि प्राधिकरणलाई महशुलको बक्यौता उठाउने दबाब परेको हो ।

प्राधिकरणले महसुलको बक्यौता नतिरे उद्योगको लाइन काट्ने चेतावनी दिएको थियो । तर, उद्योगी व्यवसायीले बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएसँगै महसुल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्न निर्देशन समेत दिइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?