ललितपुर । राष्ट्रिय दुग्ध विकास बोर्ड ३१औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रक्तदान, नेपाल स्नेही काख अनाथालय एवं वृद्धाश्रम–कुसुन्ती र धापाखेलमा दूध तथा दुग्धपदार्थ वितरण साथै सम्मान कार्यक्रम आयोजना गरिएको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
बोर्डका निर्देशक बालक चौधरीले बोर्डले राष्ट्रियस्तरमा दुग्ध व्यवसायसम्बन्धी नीति निर्माण र तत्सम्बन्धी विकास योजना तर्जुमाका लागि नेपाल सरकारलाई आवश्यक सहयोगका साथै दुग्ध क्षेत्रको प्रवद्र्धनलगायतका कार्य गर्दै आएको बताउनुभयो ।
त्यसैगरी दुग्ध क्षेत्रको विकासका लागि पशु विकास र पशु स्वास्थ्य क्षेत्रमा देखापरेका समस्या निराकरणका लागि उपाय पत्ता लगाउने, देशभित्रका सम्पूर्ण निजी र सरकारी क्षेत्रका दुग्ध व्यवसायीबीच सामञ्जस्य स्थापना गर्ने, गराउने, दुग्ध विकाससम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने, गराउने र पशु चरनको प्रबन्ध गर्ने, गराउनेलगायत लक्ष्य रहेको उहाँले बताउनुभयो । ३१औँ स्थापना दिवस यही वैशाख १७ गते आयोजना हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच