बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता

सांकेतिक तस्बिर

Read Time = 1 min

घोराही । दाङको बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । दंगीशरण गाउँपालिका–२ कुइरीगनार घाटमा नुहाउने क्रममा शनिबार दिउँसो दुई किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा दगीशरण–२ सिमलकुना निवासी १५ वर्षीया रमा शाह र सल्यान दमाचौर गाउँपालिका–१ निवासी १६ वर्षीय गोमा भनिने साविरा चन्द रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक पुष्करराज मल्लले बताउनु भयो ।

नदीमा नहाउने क्रममा बेपत्ता भएका दुवैको खोजी कार्य जारी रहेको मल्लको भनाइ छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?