नबिलका एकै दिन १४ शाखा

Read Time = 4 mins

काठमाडौं । नबिल बैंकले बिहीबार एकै दिन १४ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको धुम्बाराही-मालीगाउँ, बाराको जितपुर, भक्तपुरको दुवाकोट, ललितपुरको गुसिंगाल, इमाडोल, काठमाडौंको थली-डाँछी, मकवानपुरको चिसापानी, मोरङको पुष्पलालचोक, रूपन्देहीको मुर्गिया, खैरेनी, सुनसरीको झुम्का, धनुषाको, ढल्केबर र काठमाडौंको दहचोक गरी १४ नयाँ शाखाको उद्घाटन गरेको छ । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र काठमाडौं महानगरपालिका-५ का वडाध्यक्ष रमेश डंगालले संयुक्तरूपमा धुम्बाराही मालीगाउँ शाखा, बैंक सञ्चालक आशा राणा अधिकारी र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले संयुक्तरूपमा गुसिंगाल शाखा, बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले संयुक्तरूपमा थली डाँछी शाखा, बैंक सञ्चालक अनन्त पौड्याल र महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले संयुक्तरूपमा इमाडोल शाखा तथा बैंकका सञ्चालक प्रविन टिबडेवाला र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले संयुक्तरूपमा दुवाकोट शाखाको उद्घाटन गर्नुभएको बैंकले जनाएको छ ।

त्यसैगरी नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले संयुक्तरूपमा दहचोक शाखा, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी र नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक रञ्जना पौडेल पण्डितले संयुक्तरूपमा मुर्गिया र खैरेनी शाखा, नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोजकुमार ज्ञवाली र हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्राचार्य पुरनबहादुर जोशीले संयुक्तरूपमा चिसापानी शाखा, नबिल बैंकका प्रादेशिक प्रमुख प्रदेश १ का सुबोध लोहनी र नेपाल राष्ट्र बैंक विराटनगरका निर्देशक मीना पाण्डेले संयुक्तरूपमा पुष्पलाल चोक शाखा, नबिल बैंकका प्रमुख सञ्चालन अधिकृत गणेशप्रसाद अवस्थी र नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक राजनदेव भट्टराईले संयुक्तरूपमा जितपुर शाखा, नबिल बैंकका प्रमुख व्यापार अधिकृत ज्ञानेन्द्रप्रताप शाह र राष्ट्र बैंक जनकपुरका निर्देशक निरा ताल्चा भँडेलले संयुक्तरूपमा महेन्द्रनगर र ढल्केबर शाखा तथा नबिलका अन्तर्राष्ट्रिय व्यापार तथा रणनीतिक विस्तार प्रमुख आदर्श बजगाईं र रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले संयुक्तरूपमा झुम्का शाखाको उद्घाटन गर्नुभएको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?