काठमाडौं । नेपाली कांग्रेसले विद्रोही (बागी) उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आज १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभयो ।
उहाँले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे र गराएको भए निर्वाचन आयोगमा गएर फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई विजयी गराउनका लागि सक्रिय भूमिका निर्वाह गर्न पनि अनुरोध गर्नु भएको छ ।
तोकिएको समयमा उम्मेदवारी फिर्ता नगरिए विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टी सदस्यतासमेत नरहने गरी निष्कासन गर्ने चेतावनी पनि मुख्य सचिव पौडेलले दिनुभयो ।
यसअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पनि विद्रोही उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल गर्नु भएको थियो । तर, केही विद्रोही उम्मेदवारले मात्र उम्मेदवारी फिर्ता लिएका छन् । धेरै ठाउँमा लिएका छैनन् ।
भरतपुर महानगरपालिकामा विद्रोही उम्मेदवार बन्नु भएका जगन्नाथ पौडेल, हरिश्चन्द्र घिमिरेलगायतले उम्मेदवारी फिर्ता नलिने बताउँदै आउनु भएको छ । पोखरालगायत स्थानीय तहमा पनि विद्रोही उम्मेदवारी दिएकाहरूले फिर्ता लिन मानिरहेका छैनन् ।
विद्रोही उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसको चेतावनी

Read Time = 2 mins
0 Comments
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल