टेम्पो पल्टिँदा चालकको मृत्यु

Read Time = 1 min

चितवन । चितवनको खैरहनी नगरपालिका–८ मगनी गाँउमा गएराती टेम्पो पल्टीदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर ९ बस्ने अन्दाजी ३५ बर्षीय लक्ष्मण बछाइ रहेका छन् ।
भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको राती ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनी चितवनले जनाएको छ ।
टुंगराबाट पर्सा तर्फ आउदै गरेको बाग्मती प्रदेश ०३–०१ ह १६ २१ नम्बरको टेम्पो गएराती १० बजे अनियन्त्रीत भई पल्टिँएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?