काठमाडौं । पछिल्लो दिन १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको बुलेटिनका अनुसार दुई हजार ७७१ जनामा परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २४३ जना रहेका छन् । पछिल्लो समय १९ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ६१२ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
शून्य सङ्क्रमित हुने जिल्ला ३० पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.४ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ जनाको निधन भएको छ । हाल होम आइसोलेशनमा २३७, संस्थागत आइसोलेशनमा छ जना र सघन उपचारकक्षमा एक जनाको उपचार भइरहेको छ ।
विगत २४ घण्टामा दुई लाख नौ हजार ५६ जनाले खोप लगाएका छन् ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल