बेनीमा निशुल्क मुटुरोग शिविर सुरु

Read Time = 5 mins

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सुरु भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतार, इशा फाउण्डेशनको सह-आयोजनामा आयोजना गरिएको शिविरको शुक्रबार बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमका बोल्दै ढकालले मुटु शरिरको संवेदनशिल अंग भएकाले यसको सुरक्षा आवश्यक हुने बताउनुभयो । उहाँले सरकारले जटिल रोगका विरामीहरुको उपचार निशुल्क गर्ने व्यवस्था गरेपनि रोगै लाग्न नदिन पूर्व सचेतनाका कार्यक्रमहरु संचालन नभएको बताउनुभयो । रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु उत्तम हुने भएकाले समय समयमा आफ्नो स्वास्थ्य अवस्थाको परिक्षण गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भट्टराईले सेभ द हार्टले देशव्यापी रुपमा शिविर संचालन गर्दै आएको बताउनुभयो । म्याग्दीसहित २३ वटा जिल्लामा विभिन्न समयमा आयोजना गरिएका ९५ वटा शिविर हाल सम्म करिव ९६ हजार मुटुरोगीको परिक्षण गरिएको डा. भट्टराईले बताउनुभयो । उहाँका अनुसार शिविरमा हाल सम्म करिव १३ सय विरामीको ओपन हार्ट सर्जरी गरिएको छ भने बाँकी विरामीहरु निरन्तर सम्पर्कमा रहेर मुटु जाँच गराईरहेका छन । शनिबार सम्म संचालन हुने शिविरमा मुटुको भिडियो एक्सरे, ईसिजी गर्ने, निशुल्क औसधि वितरण तथा आवश्यक परामर्श दिईने छ । अप्रेसन गर्नुपर्नेलाई काठमाडौँ बोलाएर विरामीको अवस्था हेरी निशुल्क रुपमा अप्रेसनसमेत गरिने डा. भट्टराईले बताउनुभयो ।

शिविरमा मुटुरोग सम्वन्धि अनुभवि डाक्टरहरुको टिम खटिएकाले विरामीहरुका लागि शिविर लाभदायक हुने शिविरका संयोजक नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष समेत रहनुभएका पत्रकार हरिकृष्ण गौतमले बताउनुभयो । हालैमात्र आफ्नो सानो छोराको मुटु सम्वन्धी रोगको डा. भट्टराईकै टिमले सफल उपचार गरेकोमा धन्यबाद प्रकट गर्दै गौतमले जिल्लामा रहेका थुप्रै मुटुरोगीहरुको सहजताका लागि सेभ द हार्टको टिमलाई अनुरोध गरेर बेनीमा शिविरको आयोजना गरिएको बताउनुभयो ।

साथै उहाँले शिविरको सहआयोजक ओमकुमारी शान्ति कोषको बारेमा समेत जानकारी गराउनुभएको थियो । २०७१ सालमा स्थापना भएको कोषले हाल सम्म २४९ जना बिरामीहरुको उपचारमा सघाएको छ । एक करोड तीन लाखको अक्षयकोष रहेको कोषले आफ्नो व्याज र अभियानबाट हालसम्म दुई करोड, ५३ लाख, १९ हजार, १२९ रुपैयाँ बिरामीको उपचार तथा विपतको समयमा सहयोग गरेको गौतमले बताउनुभयो ।

सेभ द हार्टका महासचिव शेरबहादुर रानाले शिविरमा आउने बिरामीको मुटु सम्वन्धी जटिल समस्या देखिएका काठमाडौँ लगेर उपचार गराइने बताउनुभएको छ । अति विपन्न परिवारका विरामीलाई संस्थाको तर्फबाट आवश्यक आर्थिक सहयोग सहित उपचारको व्यवस्थापन गर्ने रानाको भनाई छ ।

बेनी अस्पतालमा सुरु भएको शिविरमा मुटु परिक्षणका लागि म्याग्दी लगायत छिमेकी जिल्लाहरुबाट पनि सयौँको संख्यामा विरामी आएका छन । अस्पताल भित्र पाँच वटा ओपिडी कक्ष तयार गरि विरामी परिक्षण गर्ने व्यवस्था मिलाईएको छ । शुक्रबार बिहानैदेखि विरामीहरु लाईनमा बसेका छन् । शिविरमा डा.भट्टराईको नेतृत्वमा करिव ४० जनाको टोली उपचारमा संलग्न भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)