सिरहा । यही वैशाख ३० मा हुने स्थानीयतह निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका एक मेयर र एक उपमेयरसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट गोलबजार नगरपालिकामा मेयर पदका उम्मेदवार धर्मनाथ महतो र उपमेयर पदका उम्मेदवार गोमा लम्सालसहित १० जनाले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
नेकपा एसकै तर्फबाट वार्ड नम्बर ६ का वडा अध्यक्ष, महिला सदस्य र दलित महिला सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत शिवप्रसाद आचार्यले जानकारी दिनुभयो।
त्यसैगरी स्वतन्त्र उम्मेदवारी दिनुभएका वडा नम्बर १२ र १३ का वडा अध्यक्ष, वार्ड नम्बर ५ का महिला सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको अधिकृत आचार्यले जानकारी दिनुभयो ।
जिल्लामै सबैभन्दा बढी उम्मेदवारी परेको छ । मेयर पदका लागि २९, उपमेयर १७, १३ वटा वडाका लागि वडाध्यक्ष ९०, खुला सदस्य एक सय ३६, महिला सदस्य ६४ र दलित महिला सदस्य ६८ गरी चार सय दुई जनाको उम्मेदवारी दिएका थिए। जसमध्ये आज एक मेयर र एक उपमेयरसहित १० जनाको नाम फिर्ता आएको हो ।
त्यसैगरी, मिर्चैया नगरपालिकाबाट एक उपप्रमुख, दुई जना वडाध्यक्ष, एक जना सदस्य सहित ४ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल