लेस्टरको बराबरी, मार्सेको हार

Read Time = 2 mins

लण्डन । युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा फ्रान्सेली क्लब मार्सेले हार बेहोर्दा इंग्लिस क्लब लेस्टर सिटीले बराबरी खेलेको छ । मार्से डच क्लब फियोनुर्डसँग ३-२ ले पराजित भएको हो । घरेलु टोलीको जितमा साइरेल डेसर्सले दुई तथा लुइस सिनिसटेराले एक गाल गर्नुभयो । मार्सेका एहमाडोउ बम्वा डिइङ र जर्सनले एक/एक गोल फर्काउनुभयो ।

फियोनुर्डका लागि १८औं मिनेटमा साइरेल डेसर्सको गोल गर्नुभएको थियो । त्यसको दुई मिनेटपछि लुइस सिनिसटेराले गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । २८औं मिनेटमा बम्वाले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याउनुभयो । ४०औं मिनेटमा जर्सनको गोलबाट खेल २-२ को स्थितिमा पुग्यो । ४६औं मिनेटमा साइरेल डेसर्सले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जित पक्का गर्नुभयो ।

यो जितसँगै फियोनुर्डको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब दोस्रो लेगमा यही नतिजालाई कायम राख्न सके फियोनुर्ड फाइनल पुग्नेछ । मार्सेलाई फाइनल पुग्न घरेलु मैदानमा कम्तीमा २-0 को जितको खाँचो छ ।

अर्काे खेलमा लेस्टर सिटीले घरेलु मैदानमा रोमासँग एक/एक गोलको बराबरी खेलेको छ । रोमाका लागि १५औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले सुरुवाती गोल गर्नुभएको थियो । लेस्टरले ६७औं मिनेटमा आत्मघाती गोल उपहार पाएपछि खेल बराबरमा टुंग्गियो । यो बराबरीसँगै दुवै टोलीको फाइनल पुग्ने सम्भावना जीवित छ । अब दोस्रो लेगमा सफलता हात पार्ने टोली नै फाइनल पुग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?