निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग

Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दै छ ।

स्थानीय तह निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र तर्फबाट उम्मेदवार भएकाहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।

ADVERTISEMENT

शुक्रबार उम्मेदवारी फिर्ताको कार्यतालिका थियो । त्यसअघि भने आयोगले उम्मेदवारी दर्ता, दाबी–विरोध र उजुरीको जाँचबुझ गरेको थियो ।

यी प्रक्रिया पूरा भएपछि आयोगले आज निर्वाचन चिह्न प्रदान गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले दिएको निर्वाचन चिह्नमा मतदाताहरूले उम्मेदवारलाई मतदान दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?