बागलुङमा आवश्यक पदभन्दा झण्डै तेब्बर उम्मेदवार

Read Time = 4 mins

डम्मर बुढा मगर/बागलुङ

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङमा आवश्यक पदभन्दा झण्डै तीन गुण बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि जिल्लाको १० वटै स्थानीय तहमा आइतबार र सोमबार उम्मेदवारी दर्ता गराएका हुन् । आइतबार जिल्ला भर जम्मा २२ जनाले र सोमबार ११८८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दुई दिनसम्म भएको मनोनयन दर्तामा विभिन्न पदमा १२१० जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा ८५ वडा रहेका छन् । जहाँ अध्यक्ष/प्रमुख १०, उप्रमुख १०, वडा अध्यक्ष ८५, १७० खुल्ला सदस्य, ८५ महिला सदस्य र ८५ दलित महिला सदस्य गरि ४४५ जना आवश्यक पर्छ तर विभिन्न पदमा १२१० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

जिल्लाको बागलुङ नगरपालिका ९, जैमिनी नगरपालिका ६, ढोरपाटन नगरपालिका १०, गलकोट नगरपालिका ६, बरेङ गाउँपालिका ३, काठेखोला गाउँपालिका ३, बडिगाड गाउँपालिका ५, ताराखोला गाउँपालिका ४, तमानखोला गाउँपालिका ५ र निसीखोला गाउँपालिकामा ४ जनाले प्रमुख/अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

उपप्रमुख/उपाध्यक्षमा बागलुङ नगरपालिका ६, जैमिनी नगरपालिका ५, ढोरपाटन नगरपालिका ५, गलकोट नगरपालिका ३, बरेङ गाउँपालिका ५, काठेखोला गाउँपालिका ४, बडिगाड गाउँपालिका ४, ताराखोला गाउँपालिका २, तमानखोला गाउँपालिका ४ र निसीखोला गाउँपालिकामा ४ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बागलुङ नगरपालिका ४२, जैमिनी नगरपालिका ३८, ढोरपाटन नगरपालिका ३९, गलकोट नगरपालिका २८, बरेङ गाउँपालिका १३, काठेखोला गाउँपालिका २१, बडिगाड गाउँपालिका २८, ताराखोला गाउँपालिका १५, तमानखोला गाउँपालिका १७ र निसीखोला गाउँपालिकामा ३१ जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

जिल्लाभर प्रमुख/अध्यक्षमा ५५ जना, उपप्रमुख÷उपाध्यक्षमा ४२ जनाको उम्मेदवारी परेको छ । १० वटै पालिकाको ८५ वटा वडामा २७२ जनाले वडा अध्यक्षमा उम्मेदवार दिएका छन् । त्यस्तै १७० खुल्ला सदस्यका लागि ४४० जना, ८५ महिला सदस्यका लागि २०८ जनाले उम्मेदवारी दिएका छन् । ८५ दलित महिला सदस्यका लागि १८८ जनाले उम्मेदवारी दिएका बताइएको छ ।

१० वटै पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा धेरैले स्वतन्त्र मम्मेदवार समेत दिएका छन् । १६ गते उम्मेदवारी फिर्ता लिने समय छ । यस अवधिमा केहीले उम्मेदवारी फिर्ता लिने अनुमान गरिएको छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?