स्कोडाको अफर

Read Time = 1 min
A A- A+

काठमाडौं । कम्प्लिट पिस अफ माइन्ड विथ युरोपियन अस्योरेन्स भन्ने नाराका साथ एमएब्लु इन्टरप्राइजेज प्रालिले १० लाखको डाउन पेमेन्टमा स्कोडा कुशकको स्वामित्व लिन सक्ने र गाडीको दुई वर्षको निःशुल्क आवधिक सर्भिसिङसहितको ग्राहक योजना ल्याएको छ ।

एमएब्लु इन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवालका अनुसार नयाँ योजना सबै ग्राहकलाई विशेष गरी एसयुभी खण्डमा प्रवेश गर्न चाहनेलाई फाइदा पुग्ने गरी डिजाइन गरिएको हो ।

स्कोडा कुशक नेपालमा एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन फरक भेरियन्टमा उपलब्ध रहेका छन् । जसमा अवार्ड विजेता नयाँ टिएसआई प्रविधिसहितको इन्जिन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?