साधना म्युजिक ‘रिवार्ड’ हुँदै

Read Time = 2 mins

काठमाडौं । अवार्डहरूको भिडमा फरक खालको अवार्ड हुनेभएको छ । यो अवार्ड नभएर रिवार्ड गर्न लागिएको आयोजकले जनाएको छ । साधना म्युजिक ‘रिवार्ड’ हुन लागेको हो यसका लागि आयोजकले फारम खुला गरेको छ । नेपाली गीतसंगीतको विभिन्न विधामा हुनेगरेको साधना म्युजिक अवार्ड अब परिमार्जितसहित हुनलागेको ‘रिवार्ड’को फारम खुला गरिएको हो ।

लामो समयदेखि गीतसंगीत क्षेत्रमा सक्रिय संस्था सामना म्युजिक क्रियशनले ‘रिवार्ड’को सुरुवात गर्न लागेको हो । गीतसंगीतका विभिन्न २१ विधामा श्रष्टा/सर्जकलाई ‘रिवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।

अग्रज कलाकारप्रति सम्मान र नवप्रतिभालाई प्रोत्सहान गर्ने उद्देश्यका साथ पहिलो र दोस्रो साधना म्युजिक अवार्ड सफलता पूर्वक सम्पन्न गरिसकेको यस संस्थाले अव भने म्युजिक ‘रिवार्ड’ गर्न लागेको कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष सामना शाहले जानकारी दिनुभयो ।

नेपाली गीतसंगीतका साथै यस क्षेत्रमा क्रियाशील स्रष्टा सर्जकलाई निरन्तरता दिनका लागि प्रोत्साहन स्वरूप नेपालमा पहिलो पटक नगद राशीसहितको अवार्ड गर्न लागिएको आयोजक टिमले जानकारी दिएको छ ।

केही दिनमै उत्कृष्ट पाँच सार्वजनिक गरिने र राजधानीमा एक विशेष समारोहबीच उत्कृष्ट पाँचमध्ये सर्वोत्कृष्टलाई नगद राशिसहित अवार्ड प्रदान गरिने अयोजक कमिटीका सदस्यसचिव गोकर्णप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?