लन्डन । फ्रेञ्च लिग वान फुटबलमा यसअघि नै च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) बराबरीमा रोकिएको छ । घरेलु टोली स्टार्सवर्गसँगको रोमाञ्चक खेलमा पिएसजी तीन/तीन गोलको बराबरीमा रोकिएको हो ।
स्टार्सवर्गको घरेलु टोलीका लागि केभिन गेमेइरो र एन्थोनी काचीले एक/एक गोल गर्नुभयो । एक गोल स्टार्सवर्गले आत्मघाती उपहार पाएको थियो । पिएसजीका लागि एमबाप्पेले दुई तथा अचरफ हाकिमीले एक गोल गर्नुभएको थियो ।
खेलको दोस्रो मिनेटमै केभिन गेमेइरोको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता पाएको थियो । उहाँले लुकास पेरिनको पासमा गोल गर्नुभएको थियो । २३औँ मिनेटमा नेमारको पासमा केलियन एमबाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
६४औँ मिनेटमा एमबाप्पेको पासमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई दुई/एकको अग्रता दिलाउनुभएको थियो । त्यसको चार मिनेटपछि नै एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पिएसजीको अग्रता दोब्बर बनाउनुभएको थियो । ७५औँ मिनेटमा मार्काे भेराट्टीले आत्मघाती गोल गरेपछि खेलमा तीन/दुई को स्थिति बन्यो । इन्जुरी समयमा एन्थोनी काचीले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो ।
यो बराबरीसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३५ खेलबाट ७९ अंक पुगेको छ । समान खेलबाट स्टार्सवर्ग ५७ अंक जोडेर पाँचाँै स्थानमा उक्लिएको छ । यो बराबरीले स्टार्सवर्गले अर्काे सिजन युरोपियन लिग खेल्ने सम्भावना जीवितै राखेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच